तीन योजनाको अनुगमन - Sainokhabar

तीन योजनाको अनुगमन

साइनो समाचारदाता

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिको अनुगमन् समितिले वटा योजनाको अनुगमन् गरेको छ । अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको प्राविधिक सहितको टोलीले अनुगमन् गरेको हो ।

वडा नम्वर ७ स्थित सहिद मार्गमा १४ लाखको लागतमा १ हजार ५ सय मिटर लम्वाईमा भएको कम्प्याक्ट ग्राभेलको अनुगमन् भएको छ । त्यस्तै, ५ लाखको लागतमा ८ नम्वरको तामाङ काइलाको घरजाने कल्भर्ट र चौविसे टोल बाटो स्तरोन्नती कार्यको पनि अनुगमन् गरिएको छ । यसका साथै ४ लाखको लागतमा ४ नम्वरको कुशलचोक राइडाँडामा निर्माण भएको कल्भर्टको समेत अनुगमन् भएको समितिले जनाएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: