मातृभाषामा कवि गोष्ठी - Sainokhabar

मातृभाषामा कवि गोष्ठी

साइने समाचारदाता

माङसेबुङ(इलाम) । इलामको माङसेबुङ गाउँपालिकामा मातृभाषामा प्रतियोगितात्मक कवि गोष्ठी सम्पन्न भएको छ । भाषा संस्कृति संरक्षण कार्यक्रम उपभोक्ता समितिको आयोजनामा रेडियो माङसेबुङको सभा हलमा आइतबार सम्पन्न गरिएको हो ।

माङसेबुङ गाउँपालिकाको वडा नं ५ को वडा सिलिङबाट आर्थिक वर्ष २०७६÷०७७ बजेट कार्यक्रम अन्तर्गत भाषा संस्कृति संरक्षण कार्यक्रम शीर्षकमा विनियोजित रकमलाई कार्यान्वयन गराउने क्रममा स्थानीय भाषा (मातृभाषा) मा प्रतियोगितात्मक कवि गोष्ठी आयोजना गरिएको हो । साहित्यकारद्धय सेर्मा साम्जिरी सेमी र आन्छुमे नसान निर्णायक रहनु भएको प्रतियोगितात्मक मातृभाषा कवि गोष्ठीमा किरात लिम्बू भाषा अन्तर्गत रविन कुरुम्बाङ प्रथम, नोसाङ सेर्मा द्वितीय र लाबुनहाङ केरुङ सान्त्वना भएका थिए भने, किरात राई भाषामा देविका राई सहभागी हुनुभई सान्त्वना भइन् । दिलकुमार केरुङ, ओन्छाहाङ केरुङ, चुक्सा याप्मी, लुङमाहिम काइला, केबी तुम्वापो, सुमन आङदेम्बे, दिलहाङ सम्बाहाङफे, दिवस तिगेला, एस।एम।एस नेम्बाङ, सन्जीत फलना, निङवा लाओती, इक्सा तुम्बापो लगायतले गोष्ठीमा आफ्ना कविता सुनाएका थिए । कार्यक्रममा अतिथिहरु रेडियो माङसेबुङका स्टेशन प्रमुख सुमन लाओती, समाजसेवी किसान खजुम, माङसेबुङ वडा नं। ५ का वडा सदस्य पवित्रा तुम्बाहाङफे, सरस्वती माविका शिक्षक आङबुहाङ अबोध अविरल, माङगेन्ना समितिका अध्यक्ष केहेरसिं योङहाङ लगायतले मन्तव्य राखेका थिए ।भाषा संस्कृति संरक्षण कार्यक्रम उपभोक्ता समितिको आयोजनामा सम्पन्न कार्यक्रमलाई सचिव गुल्सन आङबुहाङले सञ्चालन गरेका थिए भने, समितिका अध्यक्ष ज्ञानु केदेमको अध्यक्षतामा सम्पन्न भएको थियो ।

वडाबाट भाषा संस्कृति संरक्षण कार्यक्रम शीर्षकमा विनियोजन भएको कूल रकम १ लाख रकम मध्येबाट मातृभाषामा प्रतियोगितात्मक कविता वाचन कार्यक्रमसँगै २ वटा गीत किरात लिम्बू भाषाको हाक्पारे र किरात राई भाषाको साकेला गीत समेत रेकर्ड गरिएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानु केदेम लिम्बूले बताए । किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो र लिम्बू विद्यार्थी मञ्चको संयुक्त संयोजन रहेको भाषा संस्कृति संरक्षण कार्यक्रम उपभोक्ता समितिमा अध्यक्ष ज्ञानु केदेम लिम्बू, सचिव गुल्सन आङबुहाङ लिम्बू, कोषाध्यक्ष रामकुमारी राई र सदस्यहरु राज लिम्बू, सुजन आङबुहाङ, कविता मगर, सेन्छेहाङमा एवाई राई रहेका छन् ।

सम्बन्धित खवर

%d bloggers like this: