'लक-डाउन जिन्दगी !' - Sainokhabar

‘लक-डाउन जिन्दगी !’

अमित थेबे मिहाङ


महाशून्यतामा
घुम्दै छ
पृथ्वी ।

*** *** ***

काेठा कैदखाना भएका छन्
दिमाग सिनेमा घर भएका छन्
झ्यालबाहिरकाे सडक मृत अजिङ्गरजस्ताे
सुपरमार्केट, पब, रेस्टुरेन्ट चिहानजस्ताे
रेलका डिब्बा, जहाजकाे जीउ घाइते सिपाहीजस्ताे
गगनचुम्भी भवन निर्जन टाकुराजस्ताे
सबै सामूहिक माैन धारणमा छन् ।

*** *** ***

अातङ्क पनि यस्ताे छ
– कि देशका सीमानाहरू अाफैँ मेटिन्दैछन्
– कि ठडिएका पर्खालहरू गर्ल्याम्म ढल्दैछन्
– कि राष्ट्रिय अन्तर्राष्ट्रिय अातङ्ककारीहरू लुप्त छन्
– कि स्वयम् माङ पनि माङहिम छाडेर कतै गुप्त छन्
समय यतिकाे साेत्तर त
कहिले थिएन ।

*** *** ***

सबैकाे सपना
हाइज्याक गरेर
उडिरहेछ एउटा यान ।

*** *** ***

उहिलेकाे जुगमा
अादिम मानवहरू बस्थे अाेडारमा
अहिले
नवमानवहरू बसिरहेछन् क्वारेन्टाइनमा
पहिलेकाे समयमा
पूर्खाहरू रम्थे टापु र जङ्गलमा
अहिले
अाधुनिक मान्छेहरू छन् स्व-विच्छेदमा
अन्तरहरू बढेर पनि
युगसँगै अन्तरका रेखाहरू हराइरहेका छन् ।

*** *** ***

पृथ्वी
घुम्दै छ
महाशून्यातामा
तर,
शून्यताबाट नै सुरु हुन्छ
अर्को सृष्टि ।

*** *** ***

© ᤔ ᤡᤜᤠᤱ ᤕᤠᤰᤌᤢᤱᤒᤠ

२०२० मार्च २२
अासफाेर्ड, केन्ट

सम्बन्धित खवर

%d bloggers like this: