कोरोनाको प्रभाबः लिम्बुवानको प्रान्तीय बैठक स्थगित - Sainokhabar

कोरोनाको प्रभाबः लिम्बुवानको प्रान्तीय बैठक स्थगित

साइनो समाचारदाता

झापा । संघीय लोकतान्त्रिक रास्ट्रिय मंच, संघीय लिम्बुवान मंच ,नेपालको चैत्र ९ ,१० गते हुने प्रान्तीय बैठक स्थगित गरेको छ । गत मंसिर २९ र ३० गते संघीय लोकतान्त्रिक रास्ट्रिय मंच –संघीय लिम्बुवान मंच ,नेपालका अध्यक्ष कुमार लिङदेन मिराकको अध्यक्ष्यतामा बसेको मंचको प्रान्तीय बैठकले बैठक चैत्र ९ ,१० गते झापाको बिर्तामोडमा बस्ने निधो गरेको थियो ।

कोरोनाभाइरसले विश्व महामारीको रुप लिएकाले मंचले बैठक स्थगन गरेको बिज्ञप्ति मार्फत अवगत गराएको छ । सम्पूर्ण नेपाली, लिम्बुवानी ,१० +१ प्रान्त निबासी दाजुभाइ दिदीबहिनीहरुलाई अत्यन्त सजक र सुरक्षित रहन पाटीका महासचिब अशोक चेम्जोङद्धारा जारी गर्दै अनुरोध गरेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: