बैंक र सार्वजनीक स्थानमा सेनेटाइजर र टिस्यू पेपर खै ? - Sainokhabar

बैंक र सार्वजनीक स्थानमा सेनेटाइजर र टिस्यू पेपर खै ?

साइनो समचारदाता पथरी/  नेपाल सरकारले कोरोना संक्रमणबाट बच्न मानिसको अत्याधीक आवत जावत हुने तथा स्थान र बैकीङ कारोवार हुने स्थानमा सचेत रहन अनुरोध गर्दै सेनेटाइजर र टिस्यू पेपर राख्न अनुरोध गरेको छ । तर पथरी शनिश्चरेको पथरी बजारका अधिकाम्स सार्वजनीक स्थानमा संक्रमण रोकथामका उपया अपनाएको देखिदैन । सरकारको मतहतमा रहेका राष्ट्रिय बाणिज्य बैक र नगरपालिकाले रोकथामका उपया अपनाएको देखिदैन भने पथरी शनिश्चरेमा रहेको इलाका प्रहरी कार्यलयले कोरोना संक्रमणबाट बच्न हात धुने र सेनेटाइजर प्रयोग गर्न सुझाव दिदै प्रयोग गदै आएको प्रहरी निरिक्षक अनिल कुमार पौडे्लले बताए ।

पथरीशनिश्चरेमा एन आई सि एसिया, सिदार्थ बैंक, राष्ट्रिय बाणिज्य बैंक, ज्योति बिकाश बैंक, कामना सेवा सिबकाश बैक र एन एम बि बैकले ए टि एम राखेका छन तर ए टि एम प्रयोग गर्न आउनेहरु रोक थामका उपया र सुचना नरहेको गुनासो गर्दै आएका छन ।
विश्व नै संक्रमणमा परेको बेला नेपाल सरकारले सतर्कता अपनाउन आग्रह गर्दा पनि बैंक र स्थानिय निकायले बेवस्था गर्दा आम सर्वसाधारणमा कस्तो असर पर्छ सम्बन्धीत निकायले बुझ्नु पर्ने सेवाग्राहिको भनाई छ ।
सार्वजनिक स्थान र बैकीङ कारोवार स्थानमा नेपाल सरकार, सरकारका मातहका निकार्य र संम्बन्धीत पक्षले बेलैमा ध्यान नदिने हो भने संक्रमणको संभावना बढ्ने देखिन्छ ।

सम्बन्धित खवर

%d bloggers like this: