खुसी लुटिएरै...सार्वजनिक - Sainokhabar

खुसी लुटिएरै…सार्वजनिक

साइनो समाचारदाता

पथरी । गायक लेखु मुखिया (भोटे)को ‘ खुशी लुटिएरै पनि बाच्दैछु…गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । निर्देशक हिकस राईको निर्देशनमा बनेको म्यूजिक भिडियोमा कलाकारहरु बियल राई, आशा लेप्चा र गौरव राईको अभिनय हेर्न सकिन्छ ।

छायाङ्कन तथा सम्पादन निर्देशक आफैले गरेका छन् । गीतकार सुकुमार बराइलीको शब्द रचना तथा बिष्णु अधिकारीको संगीत संयोजन रहेको सो गीत ओकल रेकर्डिङ स्टुडियो, अनामनगर काठमाडौंमा रेकर्ड गरिएको हो । इलामको फिक्कलमा छायाङ्कन गरिएको सो म्यूजिक भिडियो केटाले प्रेममा धोका पाएको कथामा आधारित रुहेको छ । प्रेममा धोका खाएर पनि जीवन संघर्षबाट विमुख हुनु हुदैन भन्ने सन्देश दिन खोजिएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: