विभिन्न जिल्लामा शहिद मनिल तामाङको १२ औ स्मृति दिवस सम्पन्न - Sainokhabar

विभिन्न जिल्लामा शहिद मनिल तामाङको १२ औ स्मृति दिवस सम्पन्न

साइनो समाचारदाता

झापा । झापाको भद्रपुर ३ को देउनिया खोला किनारमा अवस्थित समाधिस्थलमा सहिद मनिल तामाङको १२औं स्मृति दिवस मनाएको छ । शहिद राजकुमार आङ्देम्बे माङ्तोक–मनिल तामाङ् स्मृति प्रतिष्ठानले दिवस मनाएको हो ।

मनिलको स्ववियू निर्वाचन प्रणाली समानुपातिक प्रणाली गर्ने मागसहितको आन्दोलनको क्रममा वि.सं.२०६५ साल चैत्र ६ गते मृत्यु भएको थियो । स्ववियू निर्वाचनलाई रोक्ने क्रममा धुलाबारी क्याम्पसमा प्रहरीको गोली लागि मनिलको मृत्यु भएको थियो । प्रतिष्ठानका अध्यक्ष तथा संघीय लिम्बुवान मञ्च नेपालका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्ले शहिद मनिल को शहादत्तले लिम्बुवान र पहिचान आन्दोलनले उच्च मूल्याङ्कन गरेको बताउँदै धुलाबारी क्याम्पस प्राङ्गणमा शालिक निर्माण गर्न पहल गर्ने बताएका छन् । पार्टी उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्ले शहिद मनिल तामाङ्लाई लिम्बुवान आन्दोलनले कहिल्यै भूल्न नहुने बताएका छन् । कार्यक्रममा मञ्चका महासचिव शान्ता योङ्हाङ्, उपमहासचिव तथा प्रतिष्ठानका महासचिव दिल कुमार लावती, केन्द्रीय सदस्य किरण लिङ्देन, लिचन थेवे लगायत नेताहरुको उपस्थिति रहेको थियो । समाधीमा बौद्ध धार्मिक परम्परा अनुसार लामा पढाई शहिद प्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

संघीय विद्यार्थी युनियन लिम्बुवान जिल्ला ताप्लेजुङ कार्यसमितिले पनि दिवस मनाएको छ । संघीय विद्यार्थी युनियन अध्यक्ष उमा चोङबाङको सभाध्यक्षतामा, पार्टीकी उपमहासचिव इन्तिरा मेन्याङबो मादेनको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

संघीय विद्यार्थी युनियन इलाम जिल्लाले पनि दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेको छ । संघीय बिद्यार्थी युनियन, पान्थर र समाजबादी बिद्यार्थी युनियन पान्थरले संयुक्त कार्यक्रम गरि भावपूर्ण श्रद्दान्जली अर्पण गरेका छन् । श्रद्दान्जली कार्यक्रममा दुवै बिद्यार्थी संगठनको नेताहरुले शहिद मनिलले लडेको पूर्ण समानुपातिक चुनाब प्रणालीको लागि आन्दोलन जारी रहेको र आन्दोलन चाडै सफल हुनेमा जोड दिएका थिए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मातहतका प्रान्तीय मञ्चहरु, जिल्ला कार्य समिति, जनवर्गीय संगठन लगायतका समितिहरुले शहिद मनिल तामाङको स्मृति दिवसमा विभिन्न ठाउँमा मनाएका छन् ।

सम्बन्धित खवर

%d bloggers like this: