कोरोनाको प्रभावः साइप्रसमा निःशुल्क खाना - Sainokhabar

कोरोनाको प्रभावः साइप्रसमा निःशुल्क खाना

साइनो समाचारदाता

साइप्रस । भामा सप, एनआरएन साइप्रस र साइप्रस नेपाल डट कम को सहकार्यमा निःशुल्क खाना वितरण गरिने भएको छ ।

कोरोनाको महामारी ले दैनिक काम गरेर खानाको जोहो गर्ने विधार्थी वा कामदारलाई प्रत्यक्ष असर पुगेको बताउँदै खाना वितरण गर्ने भएको हो । विद्यार्थी वा कामदारलाई बिहान र बेलुकी को शाकाहारी खाना निःशुल्क वितरण गरिने साइप्रस नेपाल डट कमले सूचना प्रकाशित गरेको छ । विपतको घडीमा कोहि पनि भोकै सुत्न नपरोस् भन्ने उद्देश्यले सुरु गरेको निःशुल्क खाना वितरणका लागि १ युरो दान सहयोग गर्न सकिने व्यवस्था पनि मिलाएको छ ।

 

साइप्रसमा कोरोनाको संक्रमण बढ्दै गएको र त्यसले पारेको प्रभाव नियन्त्रणका लागि त्यहाँको सरकारले आपतकालिन स्थितिको घोषणा गरेको छ ।

भाइरसका कारण साइप्रसमा कार्यरत नेपाली दाजुभाइ दिदीबहिनीहरुको स्वास्थ्य अवस्थाप्रति सबैको चासो चिन्ता बढेको भन्दै एनआरएनए साइप्रसले सकुशल रहन अनुरोध गरेको छ । साइप्रसमा रहेका नेपालीहरुमा यो भाइरसको संक्रमण देखिएमा एम्बुलेन्स, अस्पताल, वा सम्बन्ध्ीत निकायमा खबर गर्ने, प्रराम्भिक जानकारी लिन र दिने जस्ता कामका लागि निम्न नम्बरहरुमा फोन गर्न पनि संघले अनुरोध गरेको छ ।

संघले जारी गरेको सूचना

सम्पूर्ण आदरणीय साइप्रस दाजुभाई तथा दिदिबहिनी नेपाली बासीहरु

कोरना भाइरस (COVID-19) को युरोपमा व्यापक संक्रमण बढे संगै साइप्रस सरकारले स्वस्थ्य स्थितिलाई मध्यनजर राखेर नियन्त्रणका लागी देशव्यापी रूपमा आपतकालीन स्थितिको घोषणा गरेको छ । साइप्रसमा पनि दिनहुुँ दिनहुुँ कोरोना भाइरस संक्रमणको मात्रा र जोखिमहरु बढ्दै गएकोले साइप्रसमा बस्ने सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनी सो रोग बाट नेपाली समुदायमा पनि व्यापक चिन्ता , चासो छाएको र त्रसित भएरहेको छौ, जुन महामारी रुपमा दिन प्रती दिन कोरोनाको संख्या बढ्दै गएकोले सबै साइप्रसमा हुने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई सुरक्षितनै छन भन्ने खबरहरु प्राप्त भएरहेको छ र अब आउने दिनहरुमा पनि सम्पुर्ण नेपाली बासीहरु सकुशल रहनु भने हामी कामना गर्दछौं ।

साइप्रसको हाल संक्रमणको मात्रा र जोखिमहरु बढ्दै गएकोले साइप्रसमा बस्ने सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ सार्वजनिक स्थानमा हुने विभिन्न सभा, सम्मेलन, कार्यक्रम, रेस्टुरेन्ट, बार, डिस्को, सपिङ महल लगायत भिडभाड हुने ठाउँहरु, बजार, पार्क जमघट स्थानहरुमा अत्यावश्यक काम बाहेक नजानु हुन अनुरोध गर्दछु । यसैगरी सार्वजनिक यातायातहरु बस लगायतका साधनहरु सकेसम्म कम प्रयोग गर्नु हुन र स्वयं आफ्नो, अनि आफन्तको स्वस्थ्य स्थितिमा सजग रहन र समुदायलाई पनि सचेत गराउन हार्दिक अनुरोध गर्दछु ।

साइप्रसमा रहेका कुनैपनि नेपालीलाई यो भाइरसको संक्रमण वा समस्या देखिएमा आवश्यक सहयोग जस्तो एम्बुलेन्स, हस्पिटल वा सम्बन्धित निकायमा खबर गर्ने, प्रारम्भिक जानकारीहरु लिने दिने जस्ता कामहरुमा का लागी निम्न नम्बरमा सम्पर्क ग़र्नु हुन अनुरोध गर्दछु ।

सहयोग का लागी :-
एम्बुलेन्स सेवाको लागि (24 hour dedicated ambulance service for coronavirus):- +357 22887171

स्वास्थ्य पदोन्नति र रोग:-
Health Promotion and Disease Prevention (Ministry of Health) +357 22605-659/ -60

साइप्रस स्वास्थ्य मन्त्रालय कोरोना भाइरस हेल्पलाइन(Cyprus Ministry of Health coronavirus helpline):- 1420 / 1450 ,

Mr. Costas Ktorides – 99 630933
अवैतनिक नेपाली बाणिज्य दुताबासका मानार्थ वाणिज्य दुत डा . राम जीवन पंजियार -99666401
NRNA Cyprus:-
प्रमुख संरक्षक- 96751378
दिल कुमारी पुन – 96414536
अन्तेश राउत – 97646724
कृप थापा – 96570045
कुन्दन कार्की – 96322556
पुरन थापा -97668827
दिनेश दकाल – 96193868
दिनेस गौतम -96044348
सामाजिक अभियन्ता नन्द पाण्डे:- 96588161
पत्रकार समि मिया :-96358646

सम्बन्धित खवर

%d bloggers like this: