प्रहरीका लागि कोरोना सचेतना कक्षा सञ्चालन - Sainokhabar

प्रहरीका लागि कोरोना सचेतना कक्षा सञ्चालन

साइनो समाचारदाता

पथरी । इलाका प्रहरी कार्यालय पथरी मातहतका प्रहरीहरुलाई कोरोना भाइरसको बारेमा पथरी शनिश्चरे नगरपालिकालले सचेतना कक्षा सञ्चालन गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको उपस्थितिमा इलाका प्रहरी कार्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । पथरी नगर अस्पतालका मेडिकल अफिसर डा.सावन मेहताले कक्षालाई सहजीकरण गरेका थिए ।

सम्बन्धित खवर

%d bloggers like this: