लिवि मञ्चले स्थापना दिवस मनायो - Sainokhabar

लिवि मञ्चले स्थापना दिवस मनायो

साइनो समाचारदाता

पथरी । लिम्बु बिद्यार्थी मञ्चको २२औ स्थापना दिवस विहीबार विभिन्न जिल्लाहरुमा मनाएको छ । प्रदेश नम्बर ३ को ललितपुर र प्रदेश १ को मोरङ, झापा ताप्लेजुङ र इलाममा विविध कार्यक्रम गरी मनाएको हो ।

लिम्बू विद्यार्थी मञ्च मोरङले पथरी बहुमुखी क्याम्पसमा अटिजम रोग सम्बन्धि जनचेतनामुलक कार्यक्रम सहित मनाएको छ । अटिजम केयर नेपाल झापा जिल्लाका सकुमार चुडालले रोगको बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा मञ्च केन्द्रीय सचिब, सेमि तुम्बापो, मोरङ निवर्तमान अध्यक्ष इन्द्र चोङ्बाङ, किरात राई विद्यार्थी संघ मोरङ का अध्यक्ष केशर थुलुङ, स्ववियु पथरी बहुमुखी क्याम्पस अध्यक्ष गोपाल साम्बालगायतको उपस्थिति रहेको थियो । मञ्च जिल्ला शाखा समिति मोरङ उपाध्यक्ष प्रकाश थेबेको अध्यक्षता तथा मञ्चका महासचिव गुल्सन आङ्बुहाङको प्रमुख अथित्यमा सम्पन्न भएको थियो ।

मातृभाषा ब्यवहारिक शिक्षा हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वयत लिम्बुवान भन्ने नाराको साथ लिम्बु बिद्यार्थी मन्च झापाले स्थापना दिवस मनाएको छ । मञ्चले दमकको फाल्गुनन्द चोकमा राष्ट्यि विभूति फाल्गुनन्द लिङ्देनको सालिक बरिपरि १ सय ८ ओटा दीप प्रज्वलन गरेको छ । मञ्चका महासचिब गुल्सन आङ्बोहाङ, किरात याक्थुङ चुम्लुङ नगर अध्यक्ष देबेन्द्र चेम्जोङ लगायतको उपस्थिति रहेको थियो । छिमेको देश चिनबाट फैलिएको कोरोना भाईरसले गर्दा अन्य कार्यक्रम गर्न सरकारबाट रोक लगाईएको कारण सरकारको अभियानलाई सम्मान गर्दै अन्य कार्यक्रमलाई स्थगित गरेर दिप प्रजलन गरि सस्थाको स्थपना दिवस मनाईएको लिबि मन्च झापाको अध्यक्ष सागर साम्बाले बताए।

लिम्बू विद्यार्थी मञ्च इलाम जिल्ला कार्य समितिको आयोजनामा आफ्नो संस्थाको स्थापना दिवशको अवसरमा “एक दिवशीय सांगठनिक प्रशिक्षण कार्यक्रम“ सम्पन्न गरेको छ । प्रशिक्षकद्वय किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूले नेपालको संविधानमा आदिवासी जनजातिमा विषयमा, लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय उपाध्यक्ष ‍रामकुमार लिङदमले लिम्बू विद्यार्थी मञ्च विषयमा र मञ्चका जिल्लाअ अध्यक्ष अतित योङहाङले शाखा समितिको पदाधिकारी तथा सदस्यहरुको काम कर्तव्य र वैठक एवम् कार्यक्रम सञ्चालनमा सम्बन्धमा प्रशिक्षण दिएका थिए । नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष अभिषेक येक्तेन, चुम्लुङका जिल्ला सचिवालय सदस्य रुद्र थेवे, लिम्बू पत्रकार संघ इलामकी अध्यक्ष बुद्धमाया सोङमी, बखतवहादुर आङदेम्बे, आदिबासी जनजाति विद्यार्थी महासंघ इलामका अध्यक्ष मानवहादुर गुरुङ, मञ्चका पूर्व केन्द्रीय सदस्य एवम् देउमाई वडा नं. ९ का वडाध्यक्ष हेमराज लिम्बूलगायत कार्यक्रममा उपस्थिति रहेको थियो ।

लिम्बु बिद्यार्थी मञ्च ताप्लेजुङले पनि स्थापना दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: