मोरङको टाडीमा २०० क्षमताको क्वारेन्टाइन १ नं. प्रदेशमा ६ सय बेडको पुर्व तयारी आर्मीद्धारा (भिडियो सहित) - Sainokhabar

मोरङको टाडीमा २०० क्षमताको क्वारेन्टाइन १ नं. प्रदेशमा ६ सय बेडको पुर्व तयारी आर्मीद्धारा (भिडियो सहित)

साइनो समचारदाता पथरी/ कोरोना भाइरसको संक्रमण नेपाल हाल सम्म नदेखिएपनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेस नम्बर १ का विभिन्न तीन स्थानमा क्यारेन्टाइन स्थापना गरिएको छ ।

प्रदेस नम्बर १मा झापाको कलवलगढी ,मोरगंको टाँडी र उदयपुरको बेलसोतमा नेपाली सेनाले कोरोना संक्रमणका आशंका गरिएकाहरुको लागि क्यारेन्टाइन स्थापना गरिएको हो ।
छिमेकी मुलुक चिनमा पहिलो पटक देखा परेको कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन विश्वका धेरै देशहरुमा फैलिसकेको साथ दक्षिणी छिमेकी मुलुक भारतमा समेत संक्रमीत फेला परिसकेको समयमा प्रदेस नम्बर १मा उच्च सर्तकता सहित क्वारेन्टाइन स्थपनान गरिएको जनाइको छ । मोरगंको टाँडीमा नेपाली सेनाले २सय जनालाई राख्न सक्ने गरी क्वारेन्टाइन स्थापना गरेको नेपाली सेनाको २ नम्बर वाहिनिपति यामप्रदास ढकालले जानकारी दिए । आवश्यकता बढेको खण्डमा क्वारेन्टाइन थप समेत सकिने वाहिनिपति ढकालले जानकारी दिए । स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्थापना गरिएको क्वारेन्टाइनमा कोरोनासंग जोडिने स्वास्थ्य सुरक्षाका पद्धतिहरु अपनाएर क्वारेन्टाइन वनाइएको सैनिक अस्पताल इटहरीकी महासेनानी डा.सरिता केसीले जानकारी दिइन । टाँडीमा एक सय वटा टेन्टमा प्रत्येकमा कोरोनाका शंकास्पद दुई जनालाई राख्ने गरि कुल २सय जना राख्न सकिने गरि क्वारेन्टाइन स्थापना भई सकेको छ । सो क्वारेन्टाइनमा स्वास्थ्य मापदण्ड अनुसार शंकास्पद विरामीहरुलाई निगरानीका साथै उपचार पद्धति सहित राखिने छ ।  नेपाली सेनाले टाँडीसहित झापामा २ सय र उदयपुरमा पनि २ सय बेड रहनेगरी क्वारेन्टाइन बनाएको पृतना मुख्यालयले जनाएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: