कुटो कोदालो सहकारीले स्थापना गर्यो चौथो दुग्ध संकलन केन्द्र - Sainokhabar

कुटो कोदालो सहकारीले स्थापना गर्यो चौथो दुग्ध संकलन केन्द्र

पथरी

मोरङको पथरी शनिश्चरे नगरपालिका ६ भातेगौडा चौकमा रहेको कुटो कोदालो सहकारी सस्थाले दुग्ध डेरीको स्थापना गरेको छ । सस्थाले सहकारीको क्षेत्रलाई विस्तार गर्दै छिमेकी पालिका सुनवर्षी १ संगम चौकमा चौथो केन्द्रको रुपमा शनिवार सो दुग्ध संकलन केन्द्रको स्थापना गरेको हो ।

यस अघि सस्थाले स्थानिय क्षेत्रमा उत्पादन हुने दुधलाई संकलन गरि वजार सम्म पु¥याउनका लागि भातेगौडा, सुगा वजार र हरीयाली सहकारीको क्षेत्रमा केन्द्रको स्थापना गरि संकलन कार्य थालिसकेको छ । २०७३ सालमा भातेगौडामा स्थापना भएको यस सस्थाले कृषकहरुको जिवन स्तर उकास्न उल्लेख्य मात्रामा सहयोग गर्दै आएको छ । भने वडालाई दुध पकेड क्षेत्रको रुपमा विस्तार गर्दै लैजाने योजना रहेको बताईएको छ ८ लाख रुपैयाको लागतमा सस्थाले चौथो केन्द्रका रुपमा स्थापना गरेको कार्यक्रमका संयोजक एलबी भण्डारीले बताए । साथै भण्डारीले १० लिटर भन्दा बढी दुध दिने कृषक हरुलाई विमा गरिदिने पनि बताए । ५ लिटर क्षमता भएको संकलन केन्द्रको उद्घाटन पथरी शनिश्चरे नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष जय वहादुर तामाङले गरेका थिए ।

सम्बन्धित खवर

%d bloggers like this: