चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा पनि स्थगित - Sainokhabar

चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा पनि स्थगित

साइनो समाचारदाता

काठमाडौँ । चैत महिनामा हुने भनिएको एसईईसहित सबै परीक्षा स्थगित गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले बताएका छन् । अब पूर्व निर्धारित एसईईसहित, विश्‍वविद्यालयका सबै परीक्षा हुनेछैन । उनले भनेका छन्, ’एसईईसहित चैत महिनामा तय भएको सबै परीक्षा स्थगित भएको हो।’ पोखरेलले चैतमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालय र सीटीइभीटीलाई निर्देशन दिइएको जानकारी दिए ।

फाइल तस्वीर

बुधबार बसेको नेकपा सचिवालय बैठकले चैतमा हुने सबै परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएपछि सरकारले स्थगित बारे निधो गरेको हो ।

सम्बन्धित खवर

%d bloggers like this: