नगरको आर्थिक विकासको समीक्षा - Sainokhabar

नगरको आर्थिक विकासको समीक्षा

साइनो समाचारदाता

पथरी । आर्थिक विकास समिति पथरी शनिश्चरे मोरङले सम्पन्न भएका योजनाहरुको समीक्षा बुधबार गरेको छ ।

समितिका संयोजक यामप्रसाद गुरागाईंको अध्यक्षतामा बसेको बैठकमा कृषि विकास शाखाको शाखा प्रमुख सावित्रा कार्कीबाट, पशुपंक्षी शाखाको शाखा प्रमुख हेमचन्द्र दहालबाट र सहकारी शाखाको शाखा प्रमुख केशवदेवी धमलाबाट चालु आर्थिक वर्षको हालसम्मको कार्यप्रगति वितरण प्रस्तुत गरेका थिए । प्रतिबेदनमा कृषितर्फ, तरकारी खेती तालिममा ३ सय ६० जना, खाद्यान्न बाली तालिममा ७० जना, जैविक विषादी तालिममा ७० जना, कौशी तथा फूल खेती तालिममा ५० जना सहभागी भएको उल्लेख गरेका छन् । त्यस्तैगरी, २ हजार ६ सय ५० केजी उन्नत जातको मकैको विउ, २ हजार केजी उन्नत जातको आलुको विउ, आलुको स्रोत विउ उत्पादनका लागि ३ हजार ३ सय दाना पूर्व मुल विउ वितरण भएको छ । च्याउको १ हजार ४ सय सिलिण्डर विउ र मौरीका २५ वटा घार वितरण भएको कार्यक्रममा विवरण प्रस्तुत भएको छ । सोही शाखा अन्तर्गत, साना सिंचाईका लागि १२ जना, भकारो सूधारका लागि ३० जना कृषकलाई सहभागि गराउने कार्यक्रमको सूचना प्रकाशित गरिएको छ । त्यस्तै, पशुपंक्षी शाखातर्फ, गाई, भैंसी, बाख्रा, सुँगुर, कुखुरा समेत गरी ८ लाख १० हजार १ सय ९७ खोप, ७५ हजार ५ सय ६५ लाई मेडिकल उपचार, ९ हजार २ सय ८ को प्रयोगशाला परीक्षण, ७ हजार ९ सय ३७ को माइनर सर्जिकल उपचार भएको तथ्यांक प्रस्तुत भएको छ । ५ हजार ५ सय २२ को गाइनोकोलोजिकल उपचार, १ हजार ६ सय ४४ पशुको कृत्रीम गर्भाधान र १ सय ६४ वटा सामुदायिक कुकुरको वन्ध्याकरण गराएको पनि उल्लेख छ । औषधि खरिद, विभिन्न स्थलहरुको निरीक्षण, माछापोखरी सहितका कार्यक्रम तथा तालिम गोष्ठीहरु सञ्चालन भएका छन् । तालिम र गोष्ठीमा ३ हजार ६ सय २० जना सहभागि भएका छन् । बैठकले, अर्गानिक नगर बनाउन आगामी आर्थिक वर्षमा योजना तर्जुमाका लागि मार्गदर्शन तयार गर्न समिति र पशुपंक्षी शाखाबाट स्वीकृत कार्यक्रमका लागि आर्थिक विकास समितिको संयोजक गुरागाईंको संयोजकत्वमा फिल्डको आवश्यकता मुल्यांकन समिति समेत गठन गरेको छ । सहकारीहरुलाई लेखा परीक्षण प्रतिवेदन लगायतका जानकारी माग गर्ने समेत निर्णय भएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: