वडा अध्यक्ष राइकाे पहलमा असक्तलाइ घरमै भत्ता - Sainokhabar

वडा अध्यक्ष राइकाे पहलमा असक्तलाइ घरमै भत्ता

पथरी
पथरीशनिश्चरे १०का वडा अध्यक्ष सागर राईको पहलमा वडाका अपाङ्ग,असक्क्त र जेष्ठ नागरीकलाई घरमै सामाजिक सुरक्षा भत्ता वितरण थालिएको छ । वैक सम्म पहुच नपुगेका वडा वासीलाई घरमै भत्ता वितरण गर्ने योजना अनुरुप यसरी घरमै पुगेर भत्ता वितरण थालिएको वडा अध्यक्ष राईले जानकारी दिए ।


‘वैक पुग्न नसक्नेलाई हामी घरमै सामाजिक सुरक्षाको भत्ता उपलव्ध गराउने छौ ’राईले भने । राईको अग्रसरतामा भएको यो कार्यले वडा वासीले राहात महसुस गरेका छन् ।

पथरीमा रहेको देव विकास वैकका कर्मचारी र राई सहतको टोली सामाजिक सुरक्षाको भत्ता उपलव्ध गराउन वडा वासीकै घरमा पुग्ने गरेको छ । यस किसीमको कार्यले वडावासीमा थप राहात मिलेको स्थानियवासीले वताए । वडा अध्यक्ष  राइ नेपाली काग्रेेस वाट निर्वाचित वडा अध्यक्ष हुन ।

सम्बन्धित खवर

%d bloggers like this: