परीक्षा सकिएपछि घर बाहिर ननिस्किन शिक्षा मन्त्री पोखरेलको आग्रह - Sainokhabar

परीक्षा सकिएपछि घर बाहिर ननिस्किन शिक्षा मन्त्री पोखरेलको आग्रह

साइनो समाचारदाता

काठमाडौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले परीक्षा सकिएपछि घर बाहिर ननिस्किन आग्रह गरेका छन् ।

मंगलबार सूचना जारी गर्दै मन्त्री पोखरेलले कोरोनाको त्रास बढ्ने भएकोले घरबाहिर ननिस्कन विद्यार्थीहरुलाई आग्रह गरेका हुन् । उनले विद्यालयमा शैक्षिक कार्यक्रम, अभिभावक दिवस, नतिजा प्रकाशन, आदिमा भीडभाड हुने कार्य नगर्न समेत आग्रह गरेका छन् । उनले चैत ६ देखि १७ गतेसम्म हुन लागेको एसईई परीक्षा भने हेल्थ डेस्कसहितको सावधानी अपनाएर तोकिएको समयमै सञ्‍चालन हुने बताए । यस वर्षको एसईई परीक्षामा कुल ४ लाख ८२ हजार २१९ जना विद्यार्थी सहभागी हुने मनत्रालयले जनाएको छ ।

 

सम्बन्धित खवर

%d bloggers like this: