छथर–जोरपाटी धनकुटामा युमा साम्यो - Sainokhabar

छथर–जोरपाटी धनकुटामा युमा साम्यो

साइनो समाचारदाता

धनकुटा । जिल्लाको छथर–जोरपाटी वडा नं. ३ मा भएको एक भेलाले ज्ञानबहादुर पारघरी खजुमको अध्यक्षतामा युमा साम्यो महासभा नेपाल गठन गरेको छ । २३ सदस्यीय कार्यकारी समिति र ७ जनाको सल्लाहकार समिति गठन गठन गरिएको हो ।

युमा साम्यो महासभाका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार वनेमको प्रमूख आथित्यमा सम्पन्न सो कार्यक्रममा केन्द्रीय महासचिव डा. रमेश इजमले युमा साम्योे मौलिक धर्म रहेको बताउँदै साम्योका गतिविधि तथा भावी कार्यक्रमहरु माथि प्रकाश पारे । प्रमूख अथिति देवेन्द्र कुमार वनेमले युमा साम्योको विगत, वर्तमान तथा यसका मुलभूत तत्वहरुका बारेमा बोल्दै याक्थुङ (लिम्बू) समूदायले मान्नुपर्ने धर्म युमा साम्यो रहेको बताए । आउँदो २०७८ मा हुने जनगणनामा हामी सबैले धर्मको महलमा युमा लेख्न र लेखाउन आह्वान गरे । छथर–जोरपाटी ३ नं. वडाध्यक्ष ज्ञान बहादुर पारघरी खजुमले याक्थुङ लिम्बूहरुले आफ्नो भाषा, कला, संस्कृति आदिको सम्बन्धमा स्पष्ट हुनुपर्ने बताउँदै सक्रियरुपमा कार्य गर्दै जानु आवश्यक रहेको बताए ।

निर्वाचित कार्यसमितिको नामावली

१) अध्यक्षः डिल्लीश्वर (पारघरी खजुम)
२) उपाध्यक्षः हिमादेवी राई
३) सचिवः राम कुमार लिम्बू (अन्तरे)
४) सहसचिवः नबिन लिम्बू (पारघरी खजुम)
५) कोषाध्यक्षः सुरेश लिम्बू (पारघरी खजुम)
६) सदस्यः ललित लिम्बू (पारघरी खजुम)
७) सदस्यः छेत्र बहादुर लिम्बू (तुम्वाहाङ)
८) सदस्यः इन्द्रकला लिम्बू (पारघरी खजुम)
९) सदस्यः शान्ती लिम्बू (पारघरी खजुम)
१०) सदस्यः धनबिर लिम्बू (साँबा)
११) सदस्यः पुर्ण बहादुर लिम्बू (खादी)
१२) सदस्यः नाउ बहादुर लिम्बू (आङ्ला)
१३) सदस्यः पिताम्बर लिम्बू (पारघरी खजुम)
१४) सदस्यः हेम कुमार लिम्बू (पारघरी खजुम)
१५) सदस्यः छत्र बहादुर लिम्बू (पारघरी खजुम)
१६) सदस्यः नर बहादुर लिम्बू (पारघरी खजुम)
१७) सदस्यः जित बहादुर लिम्बू (पारघरी खजुम)
१८) सदस्यः दिल बहादुर लिम्बू (पारघरी खजुम)
१९) सदस्यः शेर बहादुर लिम्बू (पारघरी खजुम)
२०) सदस्यः हर्क लिम्बू (पारघरी खजुम)
२१) सदस्यः बेल बहादुर लिम्बू (पारघरी खजुम)
२२) सदस्यः टेक बहादुर लिम्बू (पारघरी खजुम)
२३) सदस्यः बल बहादुर लिम्बू (पारघरी खजुम)

सल्लाहकारहरुको नामावली

१) चन्द्र बहादुर लिम्बू (चोङबाङ खजुम)
२) राम कुमार लिम्बू (पारघरी खजुम)
३) ज्ञान बहादु्र लिम्बू (पारघरी खजुम)
४) धन बहादुर लिम्बू (चोङबाङ, खजुम)
५) दिल कुमार लिम्बू (पारघरी खजुम)
६) विष्णु प्रसाद लिम्बू (पारघरी खजुम)
७) विश्व लिम्बु (चोङबाङ खजुम)

सम्बन्धित खवर

%d bloggers like this: