मध्य प्रदेश, मिथिला भोजपुर र जानकी प्रदेश अस्वीकृत - Sainokhabar

मध्य प्रदेश, मिथिला भोजपुर र जानकी प्रदेश अस्वीकृत

साइनो समाचारदाता

जनकपुर । प्रदेश सभा (प्रदेश नम्बर २ जनकपुरधाममा प्रस्तावित प्रदेशको तीन वटा पस्तावित नाम (मद्येस, मिथिला भोजपुर र जानकी) अस्वीकृत भएको छ ।

मंगलबार नेपाली कांग्रेसका सांसद राजेश्वर साहले राखेको मध्यप्रदेश नामको प्रस्तावमाथि मंगलबार प्रदेशसभामा मतदान भएको थियो । प्रस्तावका पक्षमा प्रदेशसभाका ४२ जनाले मतदान गरे भने विपक्षमा ६५ मत खसेको छ । यसअघि प्रदेशसभामा कांग्रेसले नै प्रस्ताव गरेको मिथिला भोजपुरा नाम पनि अस्वीकृत भएको थियो। कांग्रेसले राखेको प्रस्तावको पक्षमा २८ मत र विपक्षमा ७९ मत खसेको थियो। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रस्ताव गरेको जानकी नाम पनि अस्वीकृत भएको छ। । जानकी नामका पक्षमा ३७ मत खसेको थियो भने विपक्षमा ७० मत खसेको हो। सत्तारूढ समाजवादी पाटी र राजपाले मधेश प्रदेश नाम प्रस्ताब गरेको छ । प्रदेशसभामा एक सय सात जना सांसद छन्। प्रदेश सभामा समाजवादीको ३०, राजपाको २५ सांसद छन्। नेकपाका ३२ कांग्रेसका १९ सांसद छन्। प्रस्तावित ४ वटै नाममा दुई तिहाई मत प्राप्त नभएकाले सबै नाम अस्वकृत भए हो ।

सम्बन्धित खवर

%d bloggers like this: