अनेरास्ववियु ताप्लेजुङले पायो पूर्णता - Sainokhabar

अनेरास्ववियु ताप्लेजुङले पायो पूर्णता

साइनो समाचारदाता

ताप्लेजुङ । नेपाल कम्पुनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियू ताप्लेजुङले पूर्णता पाएको छ ।

५१ सदस्यीय कमिटीमा अखिलबाट २७ र साबिक (क्रान्तिकारी)बाट २४ जनालाई समेटिएको छ । समायोजित जिल्ला समितिमा ७ सदस्यीय कार्यालयमा ४ साबिक अखिलबाट र ३ साबिक (क्रान्तिकारी) बाट, १७ सदस्यीय सचिवालयमा १० साबिक अखिलबाट र ७ साबिक (क्रान्तिकारी) बाट, ९ स्थानीय तहमा ४ साबिक अखिलबाट र ५ साबिक (क्रान्तिकारी) बाट नेतृत्व गर्ने सहमति सहित एकता भएको अनेरास्ववियुका केन्द्रीय सदस्य प्रतिज हाङबाङले जनाए । एकतापछि अनेरास्ववियुको जिल्ला समितिको संयोजकमा डिल्लीराम न्यौपाने र सहसंयोजकमा किरण लिङदेन चयन भएका छन् ।

सम्बन्धित खवर

%d bloggers like this: