तीनजुरे मिल्के जलजले क्षेत्रमा डोजर आतंक बन्द गर्नुपर्छः सासंद तुम्बाहाङ्फे - Sainokhabar

तीनजुरे मिल्के जलजले क्षेत्रमा डोजर आतंक बन्द गर्नुपर्छः सासंद तुम्बाहाङ्फे

साइनो समाचारदाता

विराटनगर । कोसी करिडोर २ सय २० केभिए विद्युत् प्रसारण लाइन बिस्तार क्रममा तीन जुरे मिल्के जलजले क्षेत्रमा गुराँससहितका रुख फडानी भएको भन्दै फडानी तुरुन्त रोक्नपुर्ने माग गरिएको छ । आइतबार बसेको प्रदेश सभाको पाँचौ तथा हिउदे अधिवेशनको १९ औं बैठकमा बोल्दै प्रदेश सभाकी सदस्य विष्णुमाया तुम्बाहाम्फेले सो माग गरेकी हुन् । बन क्षेत्रमा डोजेर चलाएर जैविक विविधितता भएको ठाउँबाट प्रशारण लाइन विस्तार गरिदैछ । सुन्य समयमा बोल्दै उनले भनिन्, बनक्षेत्रमा डोजर आतंक बन्द गर्नको लागि र जैविक विविधताको संरक्षणको लागि सरकारले आवश्यक अनुगमन तथा आवश्यक पहल कदमी गर्न सरकारको ध्यानाकर्षण गर्दछु ।

आयोजनाले विकासको नाममा बन विनास हुँदा बसन्तपुर खानेपानी, लसुने खानेपानी, देउराली खानेपानीलगायत १७ वटा खानेपानी आयोजनाको मुहान सुक्ने निश्चित भएको बताउँदै उनले पाँच पोखरी, पात्ले पोखरी लगायत ६ वटा पोखरी, रातो पानी धाप, हिउदे पानी धापलगायत ४ वटा धाप र ५ वटा सिम पोखरी सुख्खा ग्रस्त हुने औल्याइन् । कोसी करिडोर २ सय २० केभिए विद्युत् प्रसारण लाइन बिस्तार गर्नुपर्ने बताउँदै उनले तीनजुरे क्षेत्रका केही टावरहरु वा प्रशारण मार्ग परिवर्तन गर्नुपर्ने बताइन् । तीनजुरे मिल्के जलजले क्षेत्रको जैविक विविधता पार्यवरण नष्ट हुने, मानब वस्ती समेत उजाडिने र मानव सभ्यता माथि गम्भीर संकट देखा पर्ने उनको भनाई थियो । ठूलो आयोजनाहरु सञ्चालन गर्दा तीनै तहको सरकारसँग सहकार्य गर्नुपर्ने, आईएलओ अभिसन्धि लागू गर्न, आईई प्रतिबेदन सार्वजनिक गर्न पनि प्रदेश सरकारसँग माग गरिन् ।

त्यस्तै तेह्रथुमको लालिगुरास नगरपालिकामा विस्तारित प्रशारण लाइन अन्यत्र स्थानबाट विस्तार गर्नुपर्ने लालीगुराँस नगरपालिका, सामुदायिक वनलगायतले माग गरेको छ । शनिबार सामुदायिक वनका उपभोक्ता र नगरपालिकाले प्रसारण लाइन अन्यत्रबाट लैजान माग गर्दै प्रदर्शन गरेका छन् । नगरप्रमुख अर्जुन माबोहाङले सभालाई सम्बोधन गर्दै आयोजना निर्माणका क्रममा फँडानी हुने भएपछि त्यसको असर पर्यावरण र पिउने पानीको मुहान क्षेत्रमा पर्ने भएकाले प्रसारण लाइन अन्यत्रबाट लैजान माग गरे ।

सम्बन्धित खवर

%d bloggers like this: