सत्तारुढ दलको भातृ संघद्वारा अनुगमन - Sainokhabar

सत्तारुढ दलको भातृ संघद्वारा अनुगमन

साइनो समाचारदाता

पथरी । कोरोना भाइसरका कारण विभिन्न समाग्रीहरुमा कालोबजारी हुन थालेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सम्बद्ध राष्ट्रिय युवा संघ, नेपाल पथरीशनिश्चरे नगर समितिको आयोजनामा बुधबार पथरी बजार अनुगमन भएको छ ।

संघको आयोजनामा भएको अनुगमनमा नगरपालिका उपप्रमुख यमुना विष्ट बास्तोला, संघको मोरङ जिल्ला अध्यक्ष नवीन पौडेल, जिल्ला सदस्यहरु मनि लिम्बू, भक्त राई, नगर संयोजक सुमन वनेम लिम्बू, सहसंयोजक वनीन कार्की, पार्टी जिल्ला सदस्य जीवन खतिवडा लगायतको सहभागिता थियो । टोलीले पथरी बजारको सुदिप मेडिकल, मोरङ अस्पताल, पथरी अस्पताल तथा १० वटा औषधी पसलहरुमा पुगेर मास्क, सेनेटरी प्याड, ग्लोबलगायत सामाग्रीहरु बिक्री वितरणबारे बुझेका थिए । मोरङ अस्पतालले आफूहरुसँग पाँच सय मास्क भएको र चलेकै मूल्य अनुसार एक जनालाई एउटा १० रुपैयाँमै विक्री गरेको बताएका थिए ।

अन्य अस्पताल र औषधी पसलहरुमा भने यी समाग्री नभएको सञ्चालकहरुले जानकारी दिए । सञ्चालकहरुले मास्क सर्टेज भएको र कतै पाइर विक्री गर्नु परेपनि महंगो नगरिने बताएका थिए । त्यसैगरी राष्ट्रिय युवा संघ, नेपाल लेटाङ नगर समितिले पनि बुधबारै बजार अनुगमन गरेको जिल्ला अध्यक्ष नवीन पौडेलले बताए ।

सम्बन्धित खवर

%d bloggers like this: