बाँस्कोटा निगरानीमा - Sainokhabar

बाँस्कोटा निगरानीमा

साइनो समचारदाता काठमाडौं/ अख्तियार दुरुपयोग अनसन्धान आयोगले निवर्तनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई निगरानीमा राखेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनीमाथि अख्तियारले निगारानी सुरु गरेको हो । सो प्रकरणसँग सबन्धित तथ्य र प्रमाण नष्ट हुनसक्ने भन्दै उनीमाथि निगरानी बढाइएको हो ।
निवर्तनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले करिव एक खर्बका प्रोजेक्ट आफुमार्फत अघि बढाइरहेको देखिएको छ । टेलिकमको फोरजी बिस्तार, स्याटलाइट राख्ने, कम्प्युटर ल्याब, अप्टिकल फाइबर, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लगायत उनले आफु मातहत अघि बढाएको देखिएको हो । सेक्युरिटी प्रेससँग सबन्धित प्रोजेक्टमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि अन्यमा पनि सग्लनता छ कि भनेर सरोकारवाला निकायले अनुसन्धान अघि बढाएका छन ।

सम्बन्धित खवर

%d bloggers like this: