हाजिरीजवाफ प्रतियोगिता - Sainokhabar

हाजिरीजवाफ प्रतियोगिता

साइनो समाचारदाता

धरान । लिम्बु विद्यार्थी मञ्च, क्याम्पस शाखा समिति ल्याबोरेटरी माध्यमिक विद्यालय, धरानद्वारा आयोजित ूहाजिरी जवाफ प्रतियोगिता २०७६ू सफलता पुर्वक सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता क्याम्पस शाखा समितिकि अध्यक्ष सुबिन लिम्बुले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि लिम्बु विद्यार्थी मञ्च केन्द्रिय कार्यसमिति उप(महासचिव प्रदीप नेयोङ, विशेष अतिथि लिम्बु विद्यार्थी मञ्च जिल्ला कार्यसमिति सुनसरीका का। वा। अध्यक्ष हरि ईवाहाङ लिम्बू, अतिथिहरु सुनसरी सदस्य बिनिता कुरुम्बाङ, प्रदिप फाबेन फागो लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा विद्यालयमा रहेका विभिन्न क्लबहरुले सहभागी जनाएका थिए । प्रतियोगितामा ब्लु हाउसका अपिक्षा भन्डारी, कृतिका भुजेल, रेश्मा मगर र यलो हाउसका विशाल भुजेल, बेनुका राई, दिपेश कटुवाल र ग्रीन हाउसका रोशन तामाङ, अभिशेश शाह , रेखा गुरुङ क्रमशः प्रथम, दोस्रो र तेस्रो भएको थियो ।

सम्बन्धित खवर

%d bloggers like this: