ग्रील तथा स्टिल व्यवसायीको प्रदेश संयोजक तोकियो - Sainokhabar

ग्रील तथा स्टिल व्यवसायीको प्रदेश संयोजक तोकियो

साइनो समचारदाता पथरी/ सबै ग्रील उध्योलाई एकै रुपमा संचालन गर्दै ग्रील उध्योगलाई आवस्यक दक्ष जनशक्ती उत्पादन गर्न ग्रिल तथा स्टिल ब्यावसायीक महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कुमार कटुवाल अनुरोध गर्नु भएको छ । ग्रील तथा स्टिल व्यवसायी संघ सुनसरीले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष कटुवालले ग्रील उध्योगिहरुलाई सहज रुपमा सहुलियत ब्याजमा ऋिण उपलब्ध गराउन सरकार संग पहल गरेको बताउनु भयो । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाललाई सङ्गघिय संरचनामा लैजाने उदेश्यले प्रदेश गठन गर्नु परेकोे कटुवालले बताउनु भयो ।


प्रदेश न. १ सुनसरीको इटहरीमा बसेको ग्रिल तथा स्टिल ब्यावसायीक महासंघ नेपाल केन्द्रिय समितिल पाचै प्रदेश संयोजकको तोकेको छ । केन्द्रीय अध्यक्ष मोहन कुमार कटुवालको अध्यक्षतामा सम्पन्न ११ औं बैठकले प्रदेश १ मा बज्रसुरज आंदेम्बे, प्रदेश २ मा टिकेन्द्र पौडेल (दिनेश), बागमतीमा मोहन कुमार श्रेष्ठ, गण्डकी प्रदेशमा रणबहादुर बिश्वकर्मा र ५ नम्बर प्रदेशमा दिपक आचार्यलाई प्रदेश संयोजक तोकेको छ ।


प्रदेश न. १ सुनसरीको इटहरिमा सम्पन्न बैठकले महासंघको विभिन्न समितिमा रमेश डगोल, जीवन भट्टराई, भागिरथ लुइटेल र अर्जुन बोहरालाई संयोजक तोकेको छ ।
उक्त कार्यक्रममा ग्रील तथा स्टिल व्यवसायी संघ सुनसरीले मोरङ र सुनसरीका नवनिर्वा्चित पदाधिकारी र केन्द्रीय पदाधीकारीलाई सम्मान समेत गरेको छ । केन्द्रिय अध्यक्ष मोहन कटुवालले सम्मानित कार्यसमितिलाई स्वदेशि उत्पादन रुद्राक्षको माला लगाई बधाइ तथा शुभकामना दिनु भएको थियो ।
सम्मान कार्यक्रम्मा बोल्दै अध्यक्ष कटुवालले ग्रील उध्योगलाई सगठित ब्यवस्थित गरि सबै ग्रील उद्योगलाई सरकारको कानुनि दायरामा ल्याउन पहल भैरहेको बताउनु भएको छ । महासंघले सरकार संग फलाम सम्बन्धी कामहरु ग्रील उद्योगीले गर्न पाउनु पर्ने, ग्रील बातावरणलाई सन्तुलन राख्न र उत्पादक वृद्धि गर्न वातावरण मैत्री, आधुनिक मेसिनहरु ल्याउन सरकार संग अनुदानको माग समेत गरेको बताउनु भयो ।
ग्रील तथा स्टिल व्यावसायि महासंघ नेपालको केन्द्रिय उपाध्यक्ष समेत रहेका पौडेल मोरङ्गको पथरी उद्योग वाणिज्य संघका उद्योग सचिव हुन । सुनसरीको इटहरीमा सम्पन्न पछिल्लो बैठकले पौडेललाई प्रदेश २ को संयोजकको जिम्मेवारी प्रदान गरेको हो ।

सम्बन्धित खवर

%d bloggers like this: