आफू बसेको वडा बनाउन सकिएन भने पार्टी बन्दैनः अध्यक्ष चाम्लिङ - Sainokhabar

आफू बसेको वडा बनाउन सकिएन भने पार्टी बन्दैनः अध्यक्ष चाम्लिङ

साइनो समाचारदाता

विराटनगर । समाजवादी पार्टी प्रदेश नम्बर १ का अध्यक्ष प्रवीण चाम्लिङले पार्टीलाई बलियो बनाउन केन्द्र, प्रदेश र स्थानीय तहका नेताहरुले सबै भन्दा पहिले आफ्नो वडामा पार्टी सुदृढ गर्न लाग्नुपर्ने बताएका छन् ।

शनिबार मोरङको बिराटनगरमा पार्टीको मोरङ जिल्लास्तरीय विसु अभियान उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चाम्लिङले विसु अभियान पार्टी निर्माणको लागि ल्याइएको स्पष्ट पारे ।उनले प्रदेश पार्टीले तय गरेको जिल्लास्तरीय कार्यतालिका अनुसार जिल्ला र तल्लो तहहरुमा विसु अभियान कार्यक्रम सन्चालन गर्नुपर्ने निर्देशन दिँदै पार्टी दर्विलो बन्न सके मात्रै रणनीतिक रूपमा पार्टीले लिएको १०ंप्लस १ को पहिचानमा आधारित सङ्घीयता स्थापित गर्न सकिने दावी गरे । प्रदेश १ मा विभिन्न ३ वटा समूह नै निर्माण गरेर अभियान सफल पार्न आफूहरु लागिपरेको चाम्लिङले जानकारी दिए ।

सम्बन्धित खवर

%d bloggers like this: