पबित्रहाङमा कपः उपाधि माङसेबुङलाई - Sainokhabar

पबित्रहाङमा कपः उपाधि माङसेबुङलाई

साइनो समाचारदाता

माङसेबुङ(इलाम) । १० औं संस्करणको पवित्रहाङमा कप फूटबल प्रतियोगिताको उपाधि एपीएफसी माङसेबुङले चुमेको छ । शुक्रबार भएको खेलको जितका लागि ४ मिनेटमा रिमा तामाङले गरेको थिइन् । सोही गोल उपाधिको लागि पर्याप्त भयो । उस्ले लेटाङ फुटबल क्लव मोरङलाई पाछि पारी उपाधि रक्षा गरेको हो । लेटाङ निरन्तर प्रतियोगिताको ४ वर्ष उपविजेता बन्दै आएको छ । प्रतियोगिताको वुमन अफ दि म्याच माङसेबुङका रिमा तामाङ घोषित भइन । उनले नगद जनही तीन हजार एक सय ६४ रुपैयाँ प्राप्त गरिन । फूटबलको विजेताले नगद १ लाख १ सय ६४ रुपैयाँ र उपविजेता टिमले नगद ७५ हजार १ सय ६४ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचले जनही तीन हजार एक सय ६४ रुपैयाँ प्राप्त गर्नेछन् ।

तस्वीरः माङसेबुङ न्यूज

पुरस्कार आज मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव समारोहको अवसरमा वितरण गर्ने कार्यक्रम छ । समारोहकी प्रमुख अतिथि प्रदेश नं. १ का सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले पुरस्कार वितरण गर्नेछिन् । आयोजक आत्मा पवित्र हक्चात यक्चुम खेलाइएको कप माघ २३ गतेदेखि सुरु भएको थियो । यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङका अनुसार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा प्रतियोगिता भएको थियो । प्रतियोगितामा इलाम, पान्थर, झापा, मोरङ र सुनसरीका ८ टीमको सहभागीता रहको हक्चातका सचिव सरिता राईले बताइन् । प्रतियोगितामा ए। पि। एस। सी। माङसेबुङ इलाम, कन्काई एकाडेमिक स्पोर्टस क्लब झापा, माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब सुनसरी, चुलाचुली गाउँपालिका खेलकुद विकास समिति इलाम, मिक्लाजुङ गाउँपालिका खेलकुद विकास समिति पाँचथर, लेटाङ फूटबल क्लब मोरङ, एम। सि। सि। फूटबल क्लब सूर्योदय न।पा। इलाम र माङसेबुङ गाउँपालिका खेलकुद विकास समिति थियो । माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोग र फूटबल संघ इलामको प्राविधिक सहयोगमा सम्पन्न भएको पवित्रहाङमा गोल्डकप २०६७ साल यता हरेक वर्ष सञ्चालन हुँदै आएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: