नगरमा बाख्रामा पीपीआर खोप अभियान जारी - Sainokhabar

नगरमा बाख्रामा पीपीआर खोप अभियान जारी

साइनो समचारदाता

पथरी । पशुपालन व्यवसायको प्रवद्र्धनका लागि मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका पीपीआर खोप अभियान जारी छ । विहीबार १ हजार २ सय ६० वटा बाख्रामा खोप लगाइएको छ ।

नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालका अनुसार वडा नम्वर २ मा ५ सय १०, ३ मा ६ सय र १० मा १ सय ५० बाख्रामा आज खोप लगाइएको हो । नगरको पशुपंक्षी शाखाको आयोजनामा नेपाल पारा भेटेरीनगरी एशोसियशन् नगर समिति र मदन भण्डारी स्मृति प्रतिष्ठानमा अध्ययनरत प्राविधिकहरुको समेत सहभागितामा संघीय सरकारको कार्यक्रम अन्तर्गत खोप लगाइएको हो । हिजो वडा नम्वर १ मा ४ सय ५०, २ मा ७ सय, ३ मा ९ सय, ४ मा ७ सय, ५ मा १ हजार, ६ मा ५ सय ५०, ७ मा ६ सय ५०, ८ मा १ हजार २ सय, ९ मा १ हजार ३ सय र १० मा १ हजार २ सय ९० वाख्रामा खोप लगाइएको हो । अव वडा नम्वर ५ का केही बाख्रामा खोप लगाउन बाँकी रहेकाले संघीय सरकारसँग थप खोप माग गरिएको शाखा प्रमुख दहालले उल्लेख गरे । ‘आफु पनि बचौं, पशुपंक्षीलाई पनि बचाउन खोप लगाउँ’ भन्ने नाराका साथ मदन प्रतिष्ठानका १२ सहित नगरका गरी ५० जनाको संख्याले सवै वडामा एकसाथ खोप लगाएको थियो । बाख्राकोपछि गाई, भैंसी लगायतका पशुहरुमा लाग्ने विभिन्न रोग विरुद्धको खोप समेत सञ्चालन गर्ने शाखाले योजना बनाएको छ । नगरको आर्थिक विकास समितिको निर्णय अनुसार वडा कार्यालयसँग समन्वय गरी फागुन ११ गते खोरेत, चैत २ गते स्वाइन फिवर र चैत ३० गते भ्यागुते र चर्चरे रोग विरुद्धको खोप सञ्चालन गरिने छ ।

सम्बन्धित खवर

%d bloggers like this: