पवित्रहाङमा कपः उपाधिका लागि एपीएससी र माङसेबुङ भिड्दै - Sainokhabar

पवित्रहाङमा कपः उपाधिका लागि एपीएससी र माङसेबुङ भिड्दै

साइनो समाचारदाता

मङ्सेबुङ(इलाम) । जिल्लाको माङसेबुङमा जारी पवित्रहाङमा कप १० औं संस्करण खेलकुद प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुदैछ । लेटाङ फुटबल क्लव मोरङ फाइनलमा प्रवेश गरेसँगै सेमिफाइनलको संस्करण सकिएको छ ।

मंगलकार भएको खेलमा मोरङले र माउन्ट एभरेस्ट स्पोटिङ क्लब सुनसरीलाई ५–४ को अन्तरले जीत निकाल्दै फाइनलमा प्रवेश गरेको हो । लेटाङले अब एपीएससी माङसेबुङको सामना गर्नेछ । इलामको धार्मिक पर्यटकीयस्थल माङसेबुङस्थित आत्मानन्द खेलमैदानमा भएको खेलको पहिलो हाफ सम्म दुबै टोलीबाट थुप्रै अवसरहरु पाएपनि गोल भने गर्न सकेनन् । मध्यान्तर पछि भने खेलको ५ मिनेटमा सुनसरीकी मुना मगर गोल गरिन् । खेलको १४ औं मिनेटमा लेटाङ मोरङकी मेका खजुमले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । त्यसपछि भने दूबै टीमबाट गोल हुन नसकेपछि ट्राईब्रेकरमा धकेलिएको हो । खेलको वुमन अफ दी म्याच लेटाङ मोरङकी कल्पना कार्की घोषित भइन् । सोमबार एपीएफसी माङसेबुङ इलामले चुलाचुली गाउँपालिका खेलकुद विकास समितिलाई ४–० को फराकिलो जीत निकाल्दै एपीएससी माङसेबुङ फाईनलमा प्रवेश गरेको हो ।

आयोजक आत्मा पवित्र हक्चात यक्चुम खेलाइएको कप माघ २३ गतेदेखि सुरु भएको थियो । यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङका अनुसार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा प्रतियोगिता भएको थियो । प्रतियोगितामा इलाम, पान्थर, झापा, मोरङ र सुनसरीका ८ टीमको सहभागीता रहको हक्चातका सचिव सरिता राईले बताइन् । प्रतियोगितामा ए. पि. एस. सी. माङसेबुङ इलाम, कन्काई एकाडेमिक स्पोर्टस क्लब झापा, माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब सुनसरी, चुलाचुली गाउँपालिका खेलकुद विकास समिति इलाम, मिक्लाजुङ गाउँपालिका खेलकुद विकास समिति पाँचथर, लेटाङ फूटबल क्लब मोरङ, एम. सि. सि. फूटबल क्लब सूर्योदय न.पा. इलाम र माङसेबुङ गाउँपालिका खेलकुद विकास समिति थियो ।

फूटबलको विजेताले नगद १ लाख १ सय ६४ रुपैयाँ र उपविजेता टिमले नगद ७५ हजार १ सय ६४ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचले जनही तीन हजार एक सय ६४ रुपैयाँ प्राप्त गर्नेछन् । माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोग र फूटबल संघ इलामको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । पवित्रहाङमा गोल्डकप २०६७ यता हरेक वर्ष मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको शुभ जन्मोत्सवको अवसरमा सञ्चालन हुँदै आएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: