‘लिम्बुवान किरात’का लागि सामाजिक संघसंस्थादेखि राजनैतिक दल एकजुट - Sainokhabar

‘लिम्बुवान किरात’का लागि सामाजिक संघसंस्थादेखि राजनैतिक दल एकजुट

साइनो समाचारदाता

विराटनगर । प्रदेश नम्बर १ को प्रदेश सभा हुरु भए लगत्तै पूर्वका केही राजनैतिक दल, सामाजिक संघसंस्था एकजुट भएका छन् । प्रदेश सभाले नामाङ्कनको छलफल गर्ने चर्चा चुलिएसँगै ‘लिम्बुवान किरात’ नामाकरण गराउनको लागि मत एकता भएको देखिन्छ ।

लिम्बुवान किरात संयुक्त संघर्ष समिति नामक समूहका २२ घटकले प्रदेश नम्बर १ सभामुख र मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । विहीबार मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिप भन्डारीलाई संयुक्त संघर्ष समितिले प्रदेश १ को नाम लिम्बुवान किरात हुनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको हो । नेकपा(नेकपा) सम्बद्ध, लिम्बुवान राष्ट्रिय मोर्चा, नेपालका संयोजक मुक्सामहाङ मेन्याङ्बो, समाजबादी पार्टी, लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, किरात याक्थुङ चुम्लुङ प्रदेश अध्यक्ष धु्रब मेन्याङ्बोलगायत जम्भो टिमले ज्ञापन बुझाएको हो । प्रदेशको भौगोगिक अवस्था, सामाजिक, साँस्कृतिक, ऐतिहासिक एवम् पहिचानको आधारमा लिम्बुवान स्वायत्त प्रदेश प्राप्तीको लागि उठेका राजनीतिक आन्दोलनहरु, विगतमा नेपाल सरकारसँग पटकपटक भएका सहमतिहरु र सात सालको क्रान्ति, जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलन, लिम्बुवान आन्दोलनले स्थापित गरेका मुद्दाहरुलाई मध्यनगर गर्दै ‘लिम्बुवान, किरात’ नाम हुनुपर्ने समितिको जिकिर छ ।

ज्ञापन पत्रमा के छ?

पान्थरका क्रियाशिल १५ सामाजिक संघसंगठनसहितको राजनैतिक दल संघर्ष समितिले विज्ञप्ती जारी गर्दै लिम्बुवान किरात प्रदेशको नाम राख्नुपर्ने माग गरेको छ । माघ २३ गते विज्ञप्ती जारी गर्दै सो माग गरेको हो । संघर्ष समितिले सरकार र पार्टी नेताहरुलाई ज्ञापनपत्र बुझाउने, जिल्ला संयुक्त संघर्ष समितिहरु गठन गर्ने, जनमत सिर्जनाको अन्तर्कृया गर्ने, खबरदारी कोणसभा गर्दै आवस्यकता सुनुवाइ नभए आन्दोलन गर्ने उल्लेख छ ।

सम्बन्धित खवर

%d bloggers like this: