प्रदेश २ मा युवालाई विना धितो ऋण - Sainokhabar

प्रदेश २ मा युवालाई विना धितो ऋण

साइनो समाचारदाता

जनकपुर । बैदेशिक रोजगारीमा जाने युवाहरुले विना धितो सहुलियत ऋण विहीबारदेखि पाउन शुरु गरेको छ । प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच बैदेशिक रोजगारमा जानेहरुलाई सहुलियत दरमा विना धितो ऋण उपलब्ध गराउन भएको सम्झौताअनुसार प्रभु बैंकले ऋण दिन शुरु गरेको हो ।

जनकपुरको सिता शरण हाटेलमा आयोजित एक कार्यक्रम बीच मुख्यमन्त्री लालबाबु राउतले प्रभु बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गरेका छन् । कार्यक्रममा प्रदेश नं. २ का ९ जना युवाहरुले पहिलो दिन उक्त कर्जा प्राप्त गरेका छन । मुख्यमन्त्री राउतले प्रदेश सरकारको पहल तथा सीप परियोजनाको सहयोगमा सुरु भएको यो योजनाले साहुबाट ऋण लिएर वैदेशिक रोजगारीमा जानु पर्ने युवाहरुको बाध्यतालाई केही हद सम्म समाधान गर्ने विश्वास व्यक्त गरे । बैदेशिक रोजगारीमा जाने युवाहरुलाई सीप सिकेर जानु पर्नेमा उनले जोड दिए ।

यस अघि एसबिआई बैंकले हिजो मात्र यो कर्जाको शुभारम्भ गरेको थियो । प्रदेश सरकार, सिप परियोजना र प्रभु बैक तथा एसबिआई बैंक विच साउन महिनामा बैदेशिक रोजागरीमा जाने युवाहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्झौता भएको थियो । सोही सम्झौता अनुरुप बैंकहरुले यो ऋण सेवा सुरु गरेका छन । प्रभु बैकले यो सेवा सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा दिने छन भने बाँकीको सिरहा, धनुषा र महोत्तरीमा एसबीआई बैंकले सेवा दिने सम्झौता प्रदेश सरकारसंग गरेका छन ।

कसरी पाउनछन् ऋण ?

अब बैदेशिक रोजगारीमा जाने युवाहरुले पासपोर्ट बनाउने वितिकै बैंकमा नागरिकता, पासपोर्ट र ४ प्रति फोटो सहित निवेदन दिनु पर्ने छ । सोको लगतै बैंकले वैदेशिक रोजगारमा जाने व्यक्तिको नाउमा बचत खाता खोली दिने र भिसा लागे पछि, भिसा, श्रम सम्झौता बैकमा जम्मा गरे पछि पाँच दिन भित्र कर्जा उपलब्ध गराउने प्रावधान राखिएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: