आठौं हिसान स्पोर्ट्स मिटः सिटी र कोशी भिड्दै - Sainokhabar

आठौं हिसान स्पोर्ट्स मिटः सिटी र कोशी भिड्दै

साइनो समाचारदाता

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत बुधबार भएको फुटबल सिटी र कोशी फाइनलमा प्रवेश गरको छ ।


पहिलो खेलमा सिटी कलेजले पथरीको रेड स्टार कलेजलाई १–० को गोल अन्तरले पराजित गदै फाइलनको यात्रा तय गरेको हो । खेलको एक मात्र निर्णायक गोल सिटीका सन्तोष श्रेष्ठले खेलको ३९ औं मिनेटमा गरेका छन् । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए ।

दोस्रोे खेलमा कोशी मल्टीपल कलेजले कान्तीपुर कलेजलाई सडन डेथमा ४–३ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । निर्धारित समायमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलेको थियो । पेनाल्टीसुटआउटमा पनि ३–३ को बराबरी खेलेपछि खेलको निर्णय सडन डेथबाट भएको हो । खेलको म्यान अफ द म्याच कान्तपिुरका विशाल कार्की घोषित भए ।

सम्बन्धित खवर

%d bloggers like this: