मंगलबार तमू ल्होसारका दिन सार्वजनिक विदा - Sainokhabar

मंगलबार तमू ल्होसारका दिन सार्वजनिक विदा

साइनो समाचारदाता

कास्की । महान सांस्कृतिक चाड ‘तमू ल्होसार’को अवसरमा गण्डकी प्रदेशले मंगरबार सार्वजनिक विदा दिएको छ ।

शुक्रबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ल्होसारको शुभकामना सन्देश जारी गर्दैौ पुस १५ गते सार्वजनिक विदा दिइएको जनाएको हो । ‘लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म्निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक शासन व्यवस्था नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलब्धि हुन् । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्म्निरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवम् सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अभैm मजबुद बनाउन मत्वपूर्ण योगदान दिदै आएका छन्,’ शुभकामना सन्देशमा भनिएको छ ।
तमू ल्होसारले पनि विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बिच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको सन्देशमा लेखिएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: