‘बितिजाने यो जोवन...’ सार्वजनिक(भिडियोसहित) - Sainokhabar

‘बितिजाने यो जोवन…’ सार्वजनिक(भिडियोसहित)

साइनो समाचारदाता

पथरी । ‘समर्पण’ गीति एल्बममा समाविष्ट ‘बितिजाने यो जोवन…’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गायक तथा प्राध्यापक जीवन गुरुङको सो गीत युट्युव च्यानल बुढासुब्बा डिजिटलमार्फत् बजारमा ल्याएको हो । गीतको शब्द÷संगीत गायक स्वयंको रहेको छ भने भिडियोलाई जगन राईले निर्देशन गरेका छ्न् । विवाह, पार्टी, पिकनिक, जमघट, डिस्को आदि सबै ठाउँमा उपयुुक्त हुनेगरी बनाइएको डान्स नम्बर गानामा पूजा, संगिता, सलिना, बिराज, सुमन र माइकलले जोडदार नृत्य पेश गरेका छन् । मोहित मुनालको एरेन्ज तथा तास स्टुडियो काठमान्डुमा रेकर्ड गरिएको उक्त क्लब गीतमा दुई दिने जिन्दगीमा नाचौं, हाँसौं, रमाइलो गरौ भन्दै गायक गुरुङ जोली मुडमा देखिएका छन् ।

सम्बन्धित खवर

%d bloggers like this: