सिरिजङ्गा स्मृति रनिङ कप भलिबल प्रतियोगिता सुरु - Sainokhabar

सिरिजङ्गा स्मृति रनिङ कप भलिबल प्रतियोगिता सुरु

साइनो समाचारदाता

पथरी । पथरी, शनिश्चरे (मोरङ)मा आजदेखि सिरिजङ्गा स्मृति रनिङ कप भलिबल खुल्ला प्रतियोगिता सुरु हुदैछ । मौलिक पर्व चासोक तङ्नाम अवसरमा सिरिजङ्गा स्मृति रनिङ कप भलिबल प्रतियोगिताको उदघाटन हुदैछ ।

प्रतियोगिताको उदघाटन पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले उदघाटन गर्ने आयोजक किरात याक्थुङ चुम्लुङ नगर शाखा समितिका सचिब प्रेम लिम्बु विक्रमले बताएका छन् । उदघाटनसँगै एभरेष्ट आवसिय माध्यमिक विद्यालय पथरी र कालीकोशी कानेपोखरी बीच भेलिबल खेल हुदैछ । । पुरुष भलिबलको विजेताले नगद ५५ हजार र उपविजेताले ३५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । महिला भलिबलको प्रथम पुरस्कार(नगद ३५ हजार)को प्रायोजन पर्शुराम कार्की र दोस्रो पुरस्कार (नगद २५ हजार) को प्रायोजन कोपिला सिरेङ चोङबाङ(हाङबाङ)ले गरेका छन् । आयोजकको अनुसार पुरुष भलिबलको दोस्रो पुरस्कार प्रायोजन नगरपालिकाले गरेको छ ।

तीन दिनसम्म मनाइने चासोक चङ्नाम फुङ्सोक उत्सब उधौली पुजाको अन्तिम दिन (मंसिर २६ गते) सम्बोधन गर्न आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । मंसिर २५ गते ऐतिहासिक खेल पक्लुङ लेप्मा, हप्रिङ लक्मा, लिःतोङ आप्मा हुने भएको छ । मंसिर २६ गते विहानदेखि उद्योली पूजा हुने र दिउसो ११ वजेदेखि सम्मान कार्यक्रम, पुरस्कार वितरण, केःलाङ, माङ्लाङ, येवालाङ याःलाक्मा, काक्पारे ख्यालीसहित साँस्कृतिक कार्यक्रम हुने वताइएको छ । सोहि दिन चर्चित संगीतकार तथा गायक तारा प्रकाश लिम्बुको विशेष साँगीतिक कार्यक्रम पनि हुदैछ ।

सम्बन्धित खवर

%d bloggers like this: