‘दि भ्वाईस अफ नेपाल सिजन–२’ को विजेत राम लिम्बु (फोटो फिचर) - Sainokhabar

‘दि भ्वाईस अफ नेपाल सिजन–२’ को विजेत राम लिम्बु (फोटो फिचर)

साइनो समाचारदाता काठमाडौं/ लोक प्रिय गायन रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल सिजन–२’ को उपाधि राम लिम्बुले जितेका छन् ।

शनिबारराति काठमाडौंको बौद्ध चुच्चेपाटीस्थित हयात ग्राउण्डमा भएको ग्राण्ड फिनालेमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै राम पहिलो उपाधि जित्न सफल भएका हुन् ।

उनले १२ लाख नगद पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै १० लाख बराबरको भिडियो एल्बम, एक वर्षको विदेश भ्रमणको पनि अवसर पाएका छन् । साथै ड्याटसन रेडी गो कार पनि उनले प्राप्त गरेका छन् ।

दर्शकको भोटको आधारमा निर्णय भएको हो । दिप श्रेष्ठको टिमबाट ब्याटल राउण्डमा आउट भएका रामलाई प्रमोद खरेलले स्टिल गरेर आफ्नो टिममा ल्याएका थिए ।

विजेताको घोषणा हुनअघि फिनालेमा पुगेका चारै प्रतियोगीहरु टिम दिपबाट विकास लिम्बु, टिम आस्थाबाट आरिफ रौफ, टिम राजुबाट सनिस श्रेष्ठ र टिम प्रमोदबाट राम लिम्बु र कोचहरुले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

दर्शकको बाक्लो उपस्थिति रहेको फिनालेमा भ्वाइस अफ नेपाल सिजन १ का सी.डी विजय अधिकारी, चर्चित गायिका टिका प्रसाईं, गायक श्रीजया थपलिया लगायतले प्रस्तुति दिएका थिए ।

यसअघि सिजन १ को फिनाले कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा भएको थियो ।

 

सम्बन्धित खवर

%d bloggers like this: