स्ववियू पथरीद्वारा नवआगन्तुक विद्यार्थीलाई स्वागत - Sainokhabar

स्ववियू पथरीद्वारा नवआगन्तुक विद्यार्थीलाई स्वागत

साइनो समाचारदाता पथरी / मोरङ पथरीशनिश्चरे १० मा रहेको पथरी बहुमुखी क्याम्पसका नवआगन्तुक विद्यार्थीहरुलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) ले स्वागत गरेको छ ।
स्ववियूले सोमबार सास्कृतीक कार्यक्रमको आयोजना गरी बिभिन्न बिध्यालयबाट प्लस टु उर्तिण गरि आएका नवआगन्तुक बिध्यार्थीलाई स्वागत गरेको छ ।


कार्यक्रमका प्रमुख अथिति प्रदेश नं. एकका प्रदेश सभा सदस्य शेखचन्द्र थापाले कलेज भनेको नलेज आर्जन गर्ने पवित्र स्थान रहेकोले सबैले ज्ञान हासिल गर्न आग्रह गर्दै नव आगन्तुक विद्यार्थीहरुलाई खादा र अबिर लगाएर स्वागत गर्नु भएको थियो ।


यस्तै बिशिष्ट अथिति नगर प्रमुख दलिप कुमार राईले नगरको गहनाको रुपमा रहेको क्याम्पसमा अध्यायन गर्न आउने बिध्यार्थीको उज्जल भविष्यको कामना गर्दै नगरल गर्नु पर्ने आवश्यक सहयोग गर्न सदैब तयार रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख चेतन पौडेलले “यो डिजिटल युगमा सबैको सरसहयोगले प्रविधिमैत्री शिक्षामा अगाडी बढेको बताउनु भयो ।
स्ववियु सभापति गोपाल साँवाको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन, कविता, गजल प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।

सम्बन्धित खवर

%d bloggers like this: