यातायात मन्त्री नेम्बाङले फिदिम १ मा मतदान गरे, पाँचथरमा शान्त वातावरणमा मतदान मतदान जारी - Sainokhabar

यातायात मन्त्री नेम्बाङले फिदिम १ मा मतदान गरे, पाँचथरमा शान्त वातावरणमा मतदान मतदान जारी

साइनो समाचारदाता

पान्थर । जिल्लाको मुकाम फिदिम नगरपालिकाको वडा नम्बर १ मा भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङले मतदान गरेका छन् । स्थानीय फिदिम माविको खेल मैदानमा भएको मतदान केन्द्रबाट नेम्बाङले मतदान गरेका हुन् । मन्त्री नेम्वाङले विहान ७ः३६ मा फिदिम मावि मतदान स्थलको ‘घ’ मतदान केन्द्रमा मतदान गरे ।

जिल्लाको एक पालिका र दुई वडा अध्यक्ष पदको लागि मतदान जारी छ । जिल्लाको दक्षिणी पालिका फाल्गुनन्द गाँउपालिका अध्यक्षसहित फिदिम नगरपालिका १ र हिलिहाङ गाँउपालिका ७ को वडाध्यक्षका लागि मतदान सुरु भएको छ । तीनवटै स्थानमा बिहान सात बजेदेखि नै मतदान सुरु भएको मृख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए ।

पाँचथरको तीन पदका लागि भएको निर्वाचनमा जम्मा १७ मतदान स्थलमा ३१ ओटा मतदान केन्द्रबाट मतदान सुरु भएको हो। फाल्गुनन्द गाँउपालिकाको अध्यक्षका लागि २३ वटा केन्द्रबाट मतदान भइरहेको छ । फिदिम १ को वडाध्यक्ष लागि एक स्थलमा रहेको चार वटा केन्द्रबाट मतदान भएको हो। त्यस्तै हिलिहाङ ७ मा तीन स्थलका चार वटा केन्द्रबाट मतदान सुरु भएको हो।

मुख्य निर्वाचन अधिकृत भट्टराईकाअनुसार फाल्गुनन्द गाँउपालिकामा जम्मा १६ हजार पाँच सय ७७ जना मतदाता रहेका छन्। त्यस्तै फिदिम नगरपालिका १ मा तीन हजार छ सय ७६ मतदाता छन् भने हिलिहाङ ७ मा दुई हजार छ सय मतदाता रहेका छन् ।

सम्बन्धित खवर

%d bloggers like this: