गोरखा डिपार्टमेन्टले फोहोर पानी खुवाउँदै - Sainokhabar

गोरखा डिपार्टमेन्टले फोहोर पानी खुवाउँदै

साइनो समाचारदाता

पथरी । गोरखा डिपार्टमेन्ट स्टोर पथरी शनिश्चरे, मोरङले ग्राहकलाई फोहोर पानी खुवाउने गरेको पाइएको हो । स्टोरले ग्राहकले पिउनका लागि राखेको जारको पानीमा लेउ नै लेउ भेटिएको छ ।

समय समयमा विवादमा आउने गरेको गोर्खाले अझैपनि लगातार लापर्वाही गर्ने गरेको छ । यति मात्र हैन केहि समय अगाडि पनि गोर्खा बेकरीको उत्पादन रहेको पाउरोटीमा ध्वासो र किरा भेटिएको थियो भने गोर्खाकै किचनको खानामा साङ्लो पनि भेटिएको थियो । पानी पिउनका लागि पुग्ने ग्राहकले सरसफाई नगरेको फोहोर जार देखेर छक्क पर्ने गरेका छन् । पानीमा लेउ लाग्नु त स्वभाविक नै हो तर यसरी ग्राहकको स्वास्थ्यको समेत ख्याल नगरी लामो समयसम्म पनि सरसफाइ नगरिनुले गोरखाले मानव स्वास्थ्यमा चरम लापर्वाही रहेको पाइएको छ । आम ग्राहकको पहुँचमा राखिएको जारमा आफैँले दैनिक रुपमा पानी भर्ने र राख्ने गरेको स्टोरको पथरी शाखाका प्रमुख नरबहादुर बुढाथोकीले बताएता पनि सो कार्य नभएको भेटिएको छ । उनले भने ‘हामीले पथरी खानेपानीको ट्याङ्कीबाट पानी ल्याउने र आफ्नो फिल्टरमा समेर राखेर स्वच्छ बनाउने गरेका छौँ ।’

सम्बन्धित खवर

%d bloggers like this: