विहान ७ वजेदेखि मतदान सुरु, मतदान ५ वजेसम्म चल्ने - Sainokhabar

विहान ७ वजेदेखि मतदान सुरु, मतदान ५ वजेसम्म चल्ने

साइनो समाचारदाता

काठमाडौं । प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि विहान ७ वजेदेखि सुरुभएको छ । निर्वाचन आयोगले मतदान ५ वजेसम्म चल्ने बताएको छ ।

निर्वाचनमा २ लाख ३३ हजार ४ सय २ महिला, २ लाख २० हजार ७ सय १० पुरुष र अन्य २ गरी जम्मा ४ लाख ५४ हजार १ सय १४ जना मतदाताले मतदान गर्दैछन् । उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन आयोगले मतदाताहरुलाई आग्रह गरेका छ । सरकारी कार्यालयबाट जारी भएका आफ्नो परिचय झल्कने फोटोसहितको कुनै पनि परिचयपत्र देखाएर मतदान गर्न गरिरहेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको एकीकृत सुरक्षा योजना तर्जुमा गरिएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुने वातावरण बनेको बताए । उपनिर्वाचनको पर्यवेक्षणका लागि राष्ट्रिय पर्यवेक्षण संस्थाहरूले अनुमति पाइसकेको र नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूलाई समेत अनुमति प्रदान गरिएको थपलियाले बताए ।

निर्वाचन सामग्रीहरू सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म र्पुयाइसकेको आयोगले जानकारी दिएको छ । आयोगले ३७ जिल्लामा २ सय ४७ मतदान स्थल तथा ५ सय ३७ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी लगायत सुरक्षकर्मीहरू आवश्यक मतदान सामग्रीहरूसहित गत बुधबार साँझ नै पुगिसकेको समेत जानकारी दिएको छ ।

५२ पदमा उपनिर्वाचन

उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि १ जना, प्रदेश सभा सदस्यतर्फ ३ जना, उपमहानगरपालिका प्रमुख १ जना, गाउँपालिका अध्यक्षका लागि ३ जना, गाउँपालिका उपाध्यक्षका लागि १ जना र स्थानीय तह सदस्यतर्फ ४३ गरी कुल ५२ रिक्त पदमा निर्वाचन हुँदैछ । प्रतिनिधि सभा सदस्यतर्फ ११, प्रदेश सभा सदस्यतर्फ १५ र स्थानीय तहका सदस्यका लागि २० वटा राजनीतिक दलहरू सहभागी भएका छन्

सम्बन्धित खवर

%d bloggers like this: