उपनिर्वाचनः धरानमा उत्साहजनक उपस्थिति देखिएन - Sainokhabar

उपनिर्वाचनः धरानमा उत्साहजनक उपस्थिति देखिएन

साइनो समाचारदाता

धरान । प्रदेश १ को उपनिर्वाचन हुने क्षेत्रको सबैभन्दा ठूलो पालिका धरान उपमहानगरपालिकामा मतदाता उत्साहजनक उपस्थिति देखिएको छैन् ।

अहिले धरान उपमहानगरमा प्रमुख र सो पालिकाको वडा नं ७ को वडा अध्यक्ष पदका लागि मतदान भइरहेको हो । विहान ७ वजेदेखि सुरु मतदान ५ वजेसम्म चल्नेछ । धरानमा २८ मतदान केन्द्र र ९९ मतदान स्थलहरू निर्वाचन आयोगले तोकेको छ । बिहानै देखि शान्तको वातावरणमा मतदान जारी रहेको छ । कुल ९२ हजार ५५३ मतदाताहरू रहेका धरानमा स्थानीय तहको निर्वाचन जस्तो अहिले मतदान केन्द्रमा उत्साहप्रद मतदाता देखिएको छैन् । समाजवादी पार्टीका प्रतिनिधि सागर लिम्बुले कुनै पनि मतदान केन्द्रमा मतदाताहरुको उपस्थिति नभएको बताएका छन् ।

तीनवटा सुरक्षा घेरा बनाएर शुरक्षाकर्मीहरू तैनाथ भएका छन । मतदान सुरू भएलगत्तै धरानमा नेकपा(नेकपा)बाट प्रमुख पदका प्रत्यासी प्रकास राई र स्वतन्त्रबाट हर्क साम्पाङले एकै बुथमा मत खसालि सकेका छन । प्रकाश राईले धरान १८ स्थित कार्मेल स्कुलमा मत खसालेका थिए । कांग्रसेका प्रत्यासी राईको पनि सोही केन्द्रका मतदाता हुन् । समाजादीको उम्मेदवार गजेन्द्र इश्वोले सदन स्कुल धरान १५ मा मतदान गरेका छन् ।

सुनसान कारमेन स्कुल अगाडिको दृश्य । तस्वीरः पदम अधिकारी ।

धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि २३ जना चुनावी मैदानमा उत्रिएका छन । नेकपाबाट प्रकाश राई, नेपाली कांग्रेसबाट तिलक राई, समाजवादी पार्टीबाट गजेन्द्र बहादुर लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, नेपाल लोकतान्त्रिक पार्टीबाट नित्यराज काफले, राप्रपा लोकतान्त्रिकबाट भीम बहादुर लिम्बु, आमुल परिबर्तन मसिहा पार्टीबाट छत्रबहादुर बिश्वकर्मा, नेकपा मालेबाट एकराज सुब्बा, साझा पार्टीबाट राजन कुमार श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अम्बरबहादुर लिम्बु, राप्रपा संयुक्तबाट कुमार बराईली, राप्रपाबाट रोशन बिश्वकर्माले उम्मेद्धवारी दिएका छन् । त्यसैगरी मेयर पदमा राजनीतिक दल बाहेक स्वतन्त्रबाट दावा शेर्पा, हर्कराज राई, श्यामकृष्ण पहाडी, बिशाल थापा, दिनेश श्रेष्ठ, एनिषा राई, कुमार भट्टराई, अमृत कुमार राई, जर्नाधन कोईराला, मनराज राई र रुद्र बस्नेत कोे पनि उम्मेद्वारी दिएका छन । वडा नं ७ मा ४ जना अध्यक्षका प्रत्यासी छन् ।

मतदान केन्द्र शिक्षा सदन माविको चलहपहल। तस्वीरः निमा पोङ्सुवा

सम्बन्धित खवर

%d bloggers like this: