उपनिर्वाचनको मारमा यात्रु - Sainokhabar

उपनिर्वाचनको मारमा यात्रु

साइनो समाचारदाता

धरान । शनिबार ७ वजेदेखि नै ५२ पदको लागि उप निर्वाचन भइरहेको छ । चुनाब ५ वजेसम्म हुदैछ । मुलुकभर निर्वाचन चलिरहदा यात्रुहरु भने परेका छन् । सुनसरीको धरान उपमहानगरपालिकामा चुनाब भइरहेको छ ।

निर्वाचन आयोगले निर्वाचन हुदै गरेको क्षेत्र धरानमा यातायात बन्द गरेपछि लामो तथा छोटो दुरीको यात्रबाहक वस, निजी बस बीच बाटोमा अलपत्र भएका छन् । इटहरी–धरान रोडमा अलपत्र परेका सवारी साधन तरहराको जंगलमा अलपत्र परेका छन ।

लामो दुरीबाट आएका यात्रुहरु जंगलको बाटो हुदै धरान सम्मको पैदलयात्रा गर्न अहिले बाध्य बनेका छन । त्यसैगरी काठमाण्डौबाट धरानकालागि छुटेका यात्रुबाहक बसहरू पनि तरहराको जंगलमा अलपत्र अवस्थामा रोकिएका छन । त्यस्तै गरी धरानबाट पनि यात्रुहरू हिडेरै तरहरा सम्म आइपुग्न बाध्य छन । पैदल यात्रि तथा पर्यटकहरूले उपनिर्वाचनको शैली थोरै परिर्वतन गरी यात्रुहरूको अवस्था बुझेर यातायात सञ्चालन गर्न दिनुपर्ने सरकार संग माग गरेका छन ।

सम्बन्धित खवर

%d bloggers like this: