लिङ्देन गाउँ र साम्थाङ् खोला नामाकरण (एक किम्वदन्ती) - Sainokhabar

लिङ्देन गाउँ र साम्थाङ् खोला नामाकरण (एक किम्वदन्ती)

फोम्बोहरूको उत्पत्ति कथा

प्रबेग हाङश्रोङ

परापूर्व कालमा लिङ्देन गाउँमा राजा चुन्ने अनौठो परम्परा थियो रे। जस्ले लिङ्देन गाउँको माझमा रहेको लिङ्मादेन ढुङ्गा चढन सक्यो त्यो केहि बर्षका लागि त्यस गाँको हाङ बन्ने प्रचलन रहेछ । एक दिन दश गाउँका लाठेहरू राजा चुन्ने खेलमा सहभागी भई अबको राजा को बन्ने भनि तँछाड मछाड गरी ढुङ्गा चढिरहेछन् तर कसैले चढ्न नसके पछि सबैजना निरास र थकित भई बसिरहेको बेला नजिकै सिकार खेल्दै हिँडिरहेका दुई दाजुभाइ होहल्ला सुनी त्यहाँ टुप्लुकै पगेछन् । सबैले एक पटक ढुङ्गा चढ्न ती दुइ भाइलाई कर गरे पछि दाजु चाहिँले प्रयास स्वरूप केहि परबाट कुदेर चढेको सहजै (थो लिङु देरूमु)ढुङ्गाको चुचुरोमा पुगेछन् । (ती दाजुभाइ अरू कोहि नभएर सिदिईङ् र साङ्लाईन हुन् भन्ने पनि छ)त्यस दिन देखि भाइ पाक्तेनहाङ् र दाइ लिङ्देनहाङ्को हाङहरू भएछन् ।

समय बित्दै जाँदा लिङ्देनहाङ्को सात बहिनी छोरी नै छोरी भएछन् । एक दिन लिङ्देनहाङ्ले लिम्बु विधिविधान अनुसार ठूलो पूजाआजा लगाउने भएछ । सबै जना पुजाआजाका लागि खटिएछन् । राजाकी जेठी छोरी धारामा पानी थाप्न भनि गइछिन् । जब घैँटो भोरिन भोरिन आँट्यो मूल भित्रैबाट पानी धमिलो आई सबै पानी फेहोर हुने, धेरै पटक प्रयास गर्दा पनि नभए पछि जेठी छोरी दिक्क भएर रित्तै घर फर्किए छिन् । एवम् रितले माहिली, साहिली……सबै छोरीहरू धारामा पनि थाप्न गए तर खालीहात घर फर्किए पछि राज आफू स्वयम नै जंगिदै मेरो छोरीहरूलाई जिस्क्याउने को रहेछ ? कि कस्ले पूजा आजा रोक्ने षड्यन्त्र गर्दैछ भनि धारा तिर लागेछन् ।

मूल भित्र भने पेदकहाङ्(भ्यागुतोको राजा)पसेर बसेको रहेछन् । जब पनी भरिन लाग्यो उसैले भुईं खोदालेर धमिलो पारीदिने रहेछ ।राज धारामा पुग्छन् त धारा आसपास कोहि पनि छैनन् । आफू आएको स्विकोपाई भागेछन् भन्ठानी राजा स्वयम नै पानी थाप्न थालेछन् । जब भोरिन लाग्यो फेरि पानी धमिलै आएछ ।एका एक राजाको मनमा चिसो पसेछ कतै पूजाआजा गर्दा त गल्ती भएन ? छोरीहरूले मूलमा त फोहोर गरेनन् ? राजाले जलदेवी, वनदेवी (ताम्भुङ्ना, नाग नागेनी) को नाम लिँदै आलाप बिलाप गर्न थालेछन् । त्यतिकैमा पेदकहाङ्ले तिम्रो केहि दोष छैन शान्त हाउ भनेछन् ।कहाँ कहाँबाट आवाज आएको सुनी राजाले मलिन स्वरमा मेरो कमि कम्जोरी भए सच्याउने छु एक पटक दर्शन पाउँ ,किन यसरी मेरो पूजा आजामा बाधा पुर्याउनु भएको त्यो पनि बुझिपाउँ हे माङए भनि विलाप गर्न थालेछन् ।मूल भित्रैबाट पेदकहाङ्ले ल ठीकै छ म तिमीलाई दर्शन त दिन्छु तर मेरो एउटा सर्त छ त्यो पुरा गर्ने भए बाचा गर अनि मात्र म प्रकट हुनेछु भने पछि राजाले पछि के होला भन्ने हेक्का नै नराखी लौ हुन्छ भनि तत्कालै तीन त्याली तीन बाचा खाएछन् ।अबत प्रकटहुनु पर्यो भन्नासाथै मूल भित्रबाट एउटा नानी जत्रै हगके भ्यागुतो पो निस्किएछ । राजा अच्चम्म पर्दै भनेछन् माङ् भनेक त तँ पेदक पो !ल भन तेरो माग केहो ? पेदकहाङ्ले लौ हजूरको सात बहिनी छोरीहरू रहेछन् जस मध्ये एउटि छोरी मलाई विहे गरि दिनु पर्यो भनि प्रस्तव राखेछ ।

अब राजालाई पर्नु फसाद पर्यो विहे गराउँ कसी भ्यागुतो सँग गराउनु, नगराउँ बाचामा हारी सकियो । लौ हुन्छ हिँड भनि राजा अघि अघि पेदकहाङ् पछि पछि दरवार तिर लागेछन् ।राजाले धारामा भएको सबै वृतान्त सुनाए पछि जेठी छोरीबाट राय लिन सुरू गरिएछ । जेठी छोरीले मान्छे भएत ठिकै हो एउटा जाबो भ्यागुतोसंग विहै नगर्ने भनि रूखो जवाफ दिएछन् । माहिली, सहिलीलगायत छ बहिनी छोरीहरूले विभिन्न समस्या देखाउँदै नकारेछन् । राजा अब आफू बाचामा हारिने भय र चिन्ताले ग्रस्तहुँदै कान्छी छोरीलाई सोदानी हुँदा नाबालक कान्छी छोरीले सहजै स्विकारेछिन् । तत्कालै कान्छि छोरी ज्वाइलाई टिकाटालो गरि पठाउने भएछन् । छुटिने बेलामा दिदीहरूले भ्यागुतोलाई ढुङ्गाले कुच्याई मारी फर्केर अउनु भन्ने सल्लाह दिएछन् । विदावारी हुनै लाग्दा पेदकहाङ्ले एउटा अनौठो कुरो गरेछन् । अबको हप्तादिन भित्रमा पश्चीम पट्टिको कुनै फुक्कु (ओडार)मा धुवाँ उठेछ भने सम्झनु भ्यागुतोले छोरी पोलेर खायो स हैन भने छोरी सुरक्षित नै छे । यति भनेर कान्छि छोरी ज्वाई विदा भएछन् ।

छोरी गएको भोलि पल्टो देखि छ दिन सम्म लगातार भीषण हावा हुरी असिना पानी परेछ । सात दिनको दिन बिहानै फिरिङ्लिङ्ना घाम उदउँदै गर्दा अचानक पश्चिम तिर हालको सातभैया भन्ने ठाउँमा विशाल ठूलो धुँवा उठेछ । धुवाँ देख्नु बित्तिकै लिङ्देनहाङ् पेदकहाङ्लाई काटिमार्न एक जत्था हत हतियार सहितको तिलिङ्गा लिएर सातभैया पुगेछन्। त्यहा पुगि हेर्दा त ओडारमा छेरी रानीझैँ सम्याङ् युप्पाले सजिएर बसेका रहेछन् पेदकहाङ् चाहिँ त्यो पुराने भ्यागुतोको खबेटा बारीको डिलमा पोलिरहेको एक अपूर्व सुन्दर युवकको स्वरूपमा देखे पछि सबै जना अश्चर्य चकित र हर्षविभूल हुँदै छोरी ज्वाइलाई बाजा गाजा सहित दरवार ल्याईएछ । घरमा छोरीलाई जीवित र ज्वाई मान्छेको स्वरूपमा देखेर सबै जना तीनछक्कै परेछन् । बहिनीले दिदीहरूलाई सबै बृतान्त सुनाए पछि बहिनीले त्यति सुन्दर लोग्ने पाएको र अकुत सम्पत्ति पनि रहेछ भन्ने बुझे पछि दिदीहरू आफू जानु पर्नेरहेछ भनि भित्र भित्रै आत्मा ग्लानी गर्न थालेछन् ।
बहिनीको आफूहरू भन्दा पहिला विहे भएको र ज्वाइलाई मार्न पनि लगाएको सम्झेर नासाम थामा गरी छ जना दिदीहरू नजिकै को भिरबाट हाम्फाली मरेछन् ।(त्यसै दिन देखि त्यस मुनि बग्ने खोलालाई साम्सामा रसाम्धामा खेला भन्न थालिएछ )

केहि दिनमा राजाले छोरीहरूको लिम्बु विधि अनुसार सबै काजक्रिया सकेपछि आफू बृद्ध हुँदै गएको र आफ्नो उत्तरार्धिकारी पनि कोहि नभएकोले ज्वाइलाई छोरा सरह मान्ने गरी राजकाज सुम्पि दिएछन् । तिनै पेदकहाङ्को सन्तानहरू आज सम्म पनि फोपाहाङ हुँदै फोम्बो थरको रूमा परिचित छन्।

नोटः

१ त्यहि समय यता त्यो लिङ्मादेन ढुङ्गामा कोहि चढ्न सकेका छैनन् त्यो ढुङ्गा आज सम्म पनि छँदै छ।

२ यो कथा फोम्बो वंशावली भन्दा केहि भिन्न छ।फोम्बो बंशावलीमा सोक्पा पात्र यस कथाको पेदकहाङ हो।वंशावलीमा कोट गरिएको दरवार स्थल र पानीको मुहान भिन्न स्थान हुन गएको पाईयो । यस कथामा स्थानीय बयबृद्ध तुतुतुम्याङहरूको भनाई लाई जस्ताको त्यस्तै राखिएको छ बनि बनाउ छैन।

३ यस कथामा आएका परिवेश यथार्थ हुनः
दरवारको भग्नावशेष ढुङ्गाको खाँबा ,राजाले साम्याङ युप्पा सुकाउने ढुङ्गा ,लिङ्मादेन ढुङ्गा, छोरीहरू हाम्फालि मरेको भिर (समधामा खोला) सातभैया ओडार ,आदिको तस्वीर राखिएको छ। पानीको मुहान(धारा) द्दण्घछ साल तिर पहिरोले लगेकाले हाल छैन ।माटोको भाँडा कुडाको चोईटा चोईटि,कान्धिहरू आज सम्म पनि उक्त स्थानमा भेट्न सकिन्छ भन्ने जग्गावाला मंङ्सिरध्वज हाङ्स्रोङको भनाई छ।

४.लिङदेनहाङ्को छोरीहरू हाम्फालेर मरेकै कारण अज सम्म पनि त्यस नजिकैको खोलालाई साम सामा बाट साम धामा हुँदै साम्थाङ खोला भनिन्छ। उक्त खोला नजिकैको चिउरीबोटे डाँडामा समय समयमा फोम्बो हरूले सम्युक्त गालिश्राप बगाउने गर्दै आईरहेका छन् !

स्रोतः

इन्द्र ब पाहिम (हल्दार माहिला बाजे)फेदाङ्मा
जित ब हाङस्रोङ(नेनेवा)फेदाङ्मा
मङ्सिरध्वज हाङस्रोङ (जग्गावाला)
मन्जित पाहिम (तुम्याङ्हाङ)
पदम फोम्बो (नयाघरे)जग्गावाला
स्व माङ्देबा बाजे (फेदाङ्मा)
स्व अ.ले.तिल्हाङ हाङ्स्रोङ (इतिहासविद)
स्व सुक ब.हाङस्रोङ(तुम्याङ्हाङ)

सम्बन्धित खवर

%d bloggers like this: