चासोकमा प्रथम नेपाली तारा गायक दिपक लिम्बू मुख्य आकर्षण रहनेछन्: अध्यक्ष सिंगु - Sainokhabar

चासोकमा प्रथम नेपाली तारा गायक दिपक लिम्बू मुख्य आकर्षण रहनेछन्: अध्यक्ष सिंगु

तेजबहादुर सिंगु ‘सविन’ किरात याक्थुङ चुम्लुङ साइप्रसका अध्यक्ष हुन् । प्रवासमा बसेर सिंगु सामाजिक संघ संस्थामा क्रियाशिल छन् । उनै सामाजिक अगुवा सिंगुसँग साइनो खबरले गफगाफ गरेको छ ।

किरात याक्थुङ चुम्लुङ साइप्रस कस्तो संस्था हो ?

भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण गरौं, लोपोन्मुख पहिचान र ईतिहासको अस्तित्व जोगाऔं भन्ने मूल नाराका साथ सन् २०१८ मा स्थापना भएको एक लिम्बु समुदायको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ साइप्रस हो। चुम्लुङ्ले किरात लिम्बूले मनाइने चाड पर्वहरुको अवसर पारी गत बर्षहरुमा पनि लिम्बु भेषभुषा संस्कार संस्कृति झल्काउने केःलाङ याःलाङ मनोरञ्जनात्मक सांगीतिक कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ । ८ डिसेम्बरको दिन चासोक तङनाम विशेष सास्कृतिक कार्यक्रमको आयोजना गर्दैछौं ।

चासोक तङनाम विशेष सास्कृतिक कार्यक्रम तयारी कस्तो हुदैछ ?

चासोक तङ्नाम कार्यक्रमको तयारी ९९ प्रतिशत समाप्त भइसकेको छ ।

कार्यक्रमको आकर्षण पक्ष के के हुनेछन् ?

कार्यक्रममा लिम्बू भेषभुषा संस्कार र संस्कृति भल्काउने केःलाङ याःलाङ नृत्यको मनोरञ्जनात्मक साथै सांगीतिक प्रस्तुति रहनेछ, नेपालबाट । अतिथि कलाकार प्रथम नेपाली तारा गायक दिपक लिम्बू मुख्य कार्यक्रमको आकर्षण रहनेछन् । त्यस्तै यूकेबाट चर्चित युवा गायक सुरेन ताम्लिङ र अन्य स्थानीय कलाकारहरूको पनि गायन तथा नृत्यहरुको प्रस्तुति रहनेछ ।

साइप्रसका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई अन्त्यमा केहि भन्नुहुन्छ, ?

अन्त्यमा साइप्रसमा रहेका विभिन्न संघसंस्था साथै व्यापार, व्यवसायिक, पत्रकार, बुद्धिजीवी व्यक्तित्वहरुको साथ र सहयोग पाइरहेका छौं। त्यसैगरी साइप्रस राज्य भरी छरिएर रहनु भएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु कार्यक्रममा उपस्थित भइ भब्य र सभ्य तरिकाले सम्पन्न बनाईदिनहुन अनुरोध गर्दछु।

सम्बन्धित खवर

%d bloggers like this: