मन्त्रालय र मेडिकल संचालकको सहमति भ्रमको पुलिन्दा मात्रै होः युनियन(विज्ञप्तीसहित) - Sainokhabar

मन्त्रालय र मेडिकल संचालकको सहमति भ्रमको पुलिन्दा मात्रै होः युनियन(विज्ञप्तीसहित)

साइनो समाचारदाता

काठमाडौं । समय सिमा नतोकेर अतिरिक्त शुल्क फिर्ता वा समायोजनको सहमति भ्रमको पुलिन्दा मात्रै भएको समाजवादी विद्यार्थी युनियनले बताएको छ ।

शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीचमा भएको यस्तो छ सहमति

आज (मंसिर ११ गते) युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठद्वारा जारी विज्ञप्ती जारी गर्दै मंसिर १० गते मध्यरातमा शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीचमा भएको सहमतिलाई पुलिन्दाको संज्ञा दिइएको हो । विज्ञप्तीमा भनिएको छ, ‘समय सिमा नतोकेर अतिरिक्त शुल्क फिर्ता वा समायोजन जे भनेपनी यो सहमति भ्रमको पुलिन्दा मात्रै हो। यस्तो सहमति यसअघि गण्डकी मेडिकल कलेज र चितवन मेडिकल कलेजमा भएको तर कार्यान्वयन नभएको देखिरहेकै छौं।’ सहमतिमा, कलेजले अध्ययन गराउने नर्सिङ, फार्मेसी, एच. ए. र ल्याब बिषयको शुल्कबारे मौन बसिएकोमा युनियनले आपत्ति जनाएको छ । मन्त्रालय नै माफियाको प्रभावमा परेर विद्यार्थी आन्दोलन तुवाउन रचिएको प्रपञ्चको संज्ञा दिएको छ । ‘सहमतिमा प्रमुख सरोकारवाला आन्दोलनरत विद्यार्थीलाई प्रतिनिधित्व नगराउनु विद्यार्थी आन्दोलनलाई अवमुल्यन गरेको र अस्तित्वलाई खारेज गरेकोप्रति खेद प्रकट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रेस बिज्ञप्ती

मंसिर १० गते मध्यरातमा शिक्षा मन्त्रालय र मेडिकल कलेज संचालक बिचमा भएको सहमतिले हाम्रो संगठनको ध्यान आकर्षण भएको छ। समय सिमा नतोकेर अतिरिक्त शुल्क फिर्ता वा समायोजन जे भनेपनी यो सहमति भ्रमको पुलिन्दा मात्रै हो। यस्तो सहमति यसअघि गण्डकी मेडिकल कलेज र चितवन मेडिकल कलेजमा भएको तर कार्यान्वयन नभएको देखिरहेकै छौं। सहमतिमा, कलेजले अध्ययन गराउने नर्सिङ, फार्मेसी, एच. ए. र ल्याब बिषयको शुल्कबारे मौन बसिएको छ। सहमतिमा प्रमुख सरोकारवाला आन्दोलनरत विद्यार्थीलाई प्रतिनिधित्व नगराउनु विद्यार्थी आन्दोलनलाई अबमुल्यन गरेको र अस्तित्वलाई खारेज गरेको प्रती खेद प्रकट गर्दछौं । साथै माफियाहरुसंग सरकार गलेको देख्दा हामी आश्चर्यचकित भएका छौं।
विद्यार्थीले कलेजलाई शुल्क तिर्न केहि ढिला हुँदा परिक्षावाट बन्चित गराउने, जरिवाना गराउने तर कलेज संचाकलले अतिरिक्त शुल्क लिएर लुट मच्चाउँदा समेत समयमा फिर्ता गर्नु नपर्ने सहमतिले मन्त्रालय नै माफियाको मतियार बनेको र जो रक्षक हुनुपर्ने उहि भक्षक भएको पुष्टि हुँदैछ।
त्यसैले यो सहमति, मन्त्रालय नै माफियाको प्रभावमा परेर विद्यार्थी आन्दोलन तुवाउन रचिएको प्रपञ्च मात्रै हो।
आजका दिनसम्म मन्त्रालय र मेडिकल कलेज बिच जे नाटक मंचन गरियो यो सबै “तँ कुटे जस्तो गर म रोए जस्तो गर्छु“ भन्ने स्पष्ट भान भएको छ।
अब माफिया र त्यसको मतियारलाई तह लगाउन निर्णायक आन्दोलन अनिवार्य भएको छ र आजसम्मको सम्पुर्ण अतिरिक्त लिएको शुल्क हातहातै फिर्ता नगरेसम्म थप आन्दोलनलाई अगाडी बढाउन र सहयोग गरिदिनुहुन आम अबिभाबक, विद्यार्थी, संचारकर्मी र सरोकारवालाहरु सबैलाई हार्दिक अपिल गर्दछौं।

रुपनारायण श्रेष्ठ
अध्यक्ष

सम्बन्धित खवर

%d bloggers like this: