नेकपाको चुनाबी सभामा वम विस्फोट - Sainokhabar

नेकपाको चुनाबी सभामा वम विस्फोट

साइनो समचारदाता

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावीसभालाई लक्षित गरी वम विस्फोट भएको छ । सभास्थलबाट करिब एक सय मिटर पर बम विस्फोट भएको हो । नेकपाको चुनावी सभालाई नेता सुवास नेम्वाङले सम्वोधन गरिरहेको बेला बम विस्फोट भएको हो ।

पोखराको नयाँ बजार स्थित प्रदर्शनी स्थलमा भएको विस्फोटबाट कुनै पनि भौतिक तथा मानविय क्षति भने भएको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीले विस्फोटमा तीनजना साधरण घाइते भएको बताएको छ । विस्फोटपछि अहिले सभास्थल आसपासको क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालित गरिएको छ । घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ । चुनावीसभामा प्रचण्ड र नेकपा उपाध्यक्ष बामदेव गौतम सम्बोधनका लागि उपस्थित छन् ।

सम्बन्धित खवर

%d bloggers like this: