वडा अध्यक्ष आलमको निर्देशनमा गुणस्तरहीन नाला भत्काइयो - Sainokhabar

वडा अध्यक्ष आलमको निर्देशनमा गुणस्तरहीन नाला भत्काइयो

साइनो समाचारदाता

विराटनगर । विराटनगर महानरपालिकाको वडा नम्बर १५ का अध्यक्ष असलम आलमको निर्देशनमा नाला भत्काइएको छ ।

उपभोत्ता समितिले नाला निर्माण गर्दा विचको खाली ठाँउ अढाई फिट हुनुपर्नेमा मापदण्ड विपरीत गरिएको भन्दै वडा नम्बर १५ का वडा अध्यक्ष असलम आलमले नाला भत्काउन लगाएका थिए । काम भईरहेको फिल्डमा नै पुगेर आलमले उपभोत्ता समितिलाई तत्काल काम रोक्न लगाएका थिए । वडा अध्यक्षको निर्देशन पछि कामदारले बनाईसकेको नालाको वाल भत्काएका थिए । आलमले जनताको पैसाबाट जनता कै सेवामा गरिएको काम गुणस्तरहीन हुने भएकोले आफ्ले भत्काउन लगाईको ओबीलाई आलमले बताए । वडामा भएका जति पनि विकास निर्माणका काममा गुणस्तरियहिन भएको भेटिए तत्काल आफू फिल्डमा गएर एक्सन लिने गरेको आलमको भनाई छ । वडाको हरिनगरा भट्टाका उपभोक्त्ता समितिले नालाको काम गुणस्तरहीन बनाएको भन्दै वडा कार्यलयको निर्देशनमा भत्काइएको हो ।

हरिनगरा भटटाको ४६ मिटर लामो बाटोको नाला उभोक्त्ता समितिले नाला बनाउदाँ पश्चिम साईडको नाला साँगुरो बनाएका थिए । महानगरपालिकाको १२ लाखको बजेटमा निर्माण गरिएको नाला उपभोक्त्ता समितिले मापदण्ड विपरीत काम गरेको भन्दै स्थाीनयवासीले नाला बनाउन रोकेका थिए । गोपाल साहको अध्यक्षतामा बनेको उपभोत्ता समितिका पदाधिकारी बाहिरको राखेको भन्दै उनीहरुले विरोध समेत जनाएका छन् ।

ओविले तयार पारेका भिडियो

सम्बन्धित खवर

%d bloggers like this: