‘सृजना चौतारीमा चार सर्जक’ - Sainokhabar

‘सृजना चौतारीमा चार सर्जक’

साइनो समाचारदाता

पथरी । एभरेष्ट आर्ट फ्यूजनको मुख्य आयोजना र सीएम कन्दङ्वा स्मृति कोषको सहआयोजनामा ‘सृजना चौतारी’ कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

मोरङको पथरी शनिश्चरेमा १४ औं श्रृंखलामा सर्जकहरु वीरध्वज शिवा (पथरीशनिश्चरे), प्रकाश आङदेम्बे (दमक, झापा), रोहित पराई (पथरीशनिश्चरे) भूपेन्द्रराज तिम्सिना(पथरीशनिश्चरे) र ढाकाकुमारी पराजुली (बेलबारी) को प्रस्तुति पछि सम्पन्न भएको हो ।

सर्जक ढाकाकुमारीबाट सुरुभएको सिर्जना श्रङ्खलामा उनले ‘पहाड र आमा’, ‘असिमित उपहार’, ‘वृद्धाश्रममा आँशु’, र ‘गिटी कुट्ने दिदी’ कविता सुनाइन् । कवियित्री ढाकाकुमारी छिमेकी पालिका बेलबारी नगरपालिकाकी उपप्रमुख समेत हुन् । ढाकाकुमारीपछि प्रकाश आङ्देम्बेले रुवाईबाट रचना वाचन सुरु गरे । त्यसपछि उनले तीन गजलको शेरहरु र अन्त्यमा ‘प्रश्न’ कविता सुनाउन भ्याए । भुपेन्द्रराज तिम्सिना र रोहित पराईले पनि ४÷४ थान सिर्जना सुनाए । तिम्सिनाले गजल र पराईले एक गजल र ‘प्यारो छ नेपाल यो’, ‘युवालाई आह्वान’ जस्ता छन्दको कविता सुनाएका थिए । तिम्सिनाले ‘निर्वाचित चराहरू’ (२०६२), ‘मन उनेर मनसँगै’ (२०६९) गजल संग्रह प्रकाशित गरेका छन् । पराई पद्य कविता लेख्नमा सक्रिय कवि हुन् । कार्यक्रममा स्थानीय गायक वीरध्वज शिवाले गीत गाए ।

सम्बन्धित खवर

%d bloggers like this: