कतारमा मगर भाषा तथा लिपि प्रशिक्षण - Sainokhabar

कतारमा मगर भाषा तथा लिपि प्रशिक्षण

विवेक पुलामी मगर

कतार । २०१९ नोवेम्बर २२ तारिख शुक्रवारका दिन नेपाल मगर संघ, शाखा कतारले मगर भाषा तथा लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मगर संघ कतारका भाषा, लिपि, साहित्य अध्यायन तथा अनुसन्धान बिभाग संयोजक रेशम आले मगरको संयोजकमा र नेपाल मगर संघ, शाखा कतार दोहा एरिया समितिको ब्यबस्थापनमा प्रशिक्षण कार्यक्रम भएको हो ।

मगर भाषा र अख्खा लिपिको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले मगर संघ कतारले मगर भाषा तथा लिपी प्रशिक्षण कार्यक्रम दोहाको नज्मामा अवस्थित गोर्खा रेस्टुरेन्टमा सम्पन्न भएको हो । कार्यक्रममा सल्लाहकार सदस्य डिएन मगर, लिलम्बर चिदि मगर, रबिन मग, दोहा एरिया समितिका अध्यक्ष तारा थापा मगर, सनैया “ए“ एरिया समितिका अध्यक्ष अम्बर थापा मगर, सनैया “बि“ एरिया समितिका अध्यक्ष धन थापा मगर, साहनिया एरिया समितिको अध्यक्ष तुषार पुन मगर वक्रा एरिया समितिका कोषाध्यक्ष चित्र कुमारी थापा मगर, एयरपोर्ट एरिया समितिका सुरेन्द्र राना मगर नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष हिम थापा मगर लगायत अतिथि रहेका थिए । मगर संघ कतारका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार सदस्य भिम तरामु मगर र संघको सदस्य दिल बहादुर रोका मगरले सहजीकरण गरेको गरेका थिए । मगर भाषा तथा लिपी प्रशिक्षण कार्यक्रममा १८ मगरात मा बोलिने मगर खाम पाङ भाषाको बारेमा प्रशिक्षक मगर संघ, शाखा कतारका सदस्य दिल बहादुर रोका मगरले प्रशिक्षण दिएको थिए भने १२ मगरातमा बोल्ने मगर ढुट भाषा र मगर अख्खा लिपिको प्रशिक्षण प्रशिक्षक संघका सल्लाहकार भिम तरामु मगरले प्रशिक्षण दिएका थिए ।

संघका अध्यक्ष बिजय कुमार मगरको सभापतित्वमा, र नेपाल मगर संघ, शाखा कतारका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार भिम तरामु मगर को प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

सम्बन्धित खवर

%d bloggers like this: