गीतको हरबबाटै मेचुले मागिन् फेसबुकबाट भोट - Sainokhabar

गीतको हरबबाटै मेचुले मागिन् फेसबुकबाट भोट

नेपाली हामी रहौला काँहा नेपालै नरहे
उचाँई हाम्रो चुलिन्छ काँहा हिमालै नरहे
शुभरात्रि शुभसपना
लब यु अल

शुक्रबार राति हजुरहरु सबैमा नमस्कार सेउपाखा, रात्रिकालिन अभिवादनबाट प्रारम्भ गरेकी मेचु धिमालले स्टाटसको अन्त्यमा ‘नेपाली हामी…’ गीत लेख्दै फेसबुकबाट भोट मागेकी छिन् । सदा झै यस पटक पनि तपाईहरुको अमुल्य मतले भ्वाइस अफ नेपाल सिजन २ को टप ९ मा पुग्न सफल भएकोमा सव्रप्रथम त हजुरहरुलाई हृदय देखि नै धन्यवाद तथा आभार प्रकट समेत गरेकी छिन् ।

आफ्नो बलबुता र क्षमताले भ्याएसम्म मेहेनत गरेर उत्कृष्ठ प्रस्तुति दिने क्रम जारी राख्ने बताउँदै उनले स्रोताहरुको माया र स्नेह कहिल्यै नभुल्ने दाबी गरेकी छिन् । सबैको सहयोग मिले एकदिन नेपाली साँगीतिक क्षेत्रलाई उज्जवल बनाउदै आफु आफ्नो ठाउँ गाउँको नाम राख्ने लेखेकी छिन् । ‘आजको प्रस्तुति कस्तो मैले सुधार गर्नुपर्ने पक्ष के छन् । त्यो पनि औल्याईदिनुहोला । किनकी मेरो लागि हजुरहरुको सुझाप मार्गदर्शकन हुनेछ ।’ सुनझोडा उर्लाबारी मोरङकी मेचुले विशेष आग्रह गरेकी ‘भोलि टप ८ को लागि स्पर्धा रहेकोले अझै धेरै मत गरिदिनुहोला ।’

मेचुको स्टाट्स

हजुरहरु सबैमा नमस्कार सेउपाखा
रात्रिकालिन अभिवादन
सदा झै यस पटक पनि तपाईहरुको अमुल्य मतले टप ९ मा पुग्न सफल भएकोमा सव्रप्रथम त हजुरहरुलाई हृदय देखी नै धन्यवाद तथा आभार प्रकट गर्दैछु । आफ्नो बलबुता र क्षमताले भ्याएसम्म मेहेनत गरेर उत्कृष्ठ प्रस्तुति दिने क्रम जारी नै छ मेरो । त्यसमा पनि तपाईहरुको साथ माया र स्नेह भुल्न नसक्ने छ । हुन म अहिले के नै पो दिन र सक्छु र धन्यवाद शिवाय । यस्तै साथ सहयोग मिले एकदिन नेपाली साँगीतिक क्षेत्रलाई उज्जवल बनाउदै आफु आफ्नो ठाउँ गाउाको नाम राख्न सक्नेछु भन्ने विश्वास ममा भरिएको छ तपाईहरु आदरणियले गर्दा ।
तपाईहरुको मतको अगाडी मेरो धन्यवाद पनि सानो हुन सक्छ तर पनि आफ्नै छोरी चेली दिदी बहिनी सम्झेर यस्तै यस्तै अझ धेरै माया गरिदिनुहोला । आजको प्रस्तुति कस्तो मैले सुधार गर्नुपर्ने पक्ष के छन् । त्यो पनि औल्याईदिनुहोला । किनकी मेरो लागि हजुरहरुको सुझाप मार्गदर्शकन हुनेछ । भोलि टप ८ को लागि स्पर्धा रहेकोले अझै धेरै मत गरिदिनुला मेरो विशेष आग्रह छ ।

अन्त्यमा फेरि पनि भन्न चाहान्छु,
नेपाली हामी रहौला काँहा नेपालै नरहे
उचाँई हाम्रो चुलिन्छ काँहा हिमालै नरहे
शुभरात्रि शुभसपना
लब यु अल🙏🙏🙏

सम्बन्धित खवर

%d bloggers like this: