चुलाचुली रंगमञ्चको छैटौं साधारण सभा - Sainokhabar

चुलाचुली रंगमञ्चको छैटौं साधारण सभा

साइनो समाचारदाता

चुलाचुली (इलाम) । चुलाचुली रंगमञ्चको छैटौं साधारण सभाले हेम कुमार लिम्बूको अध्यक्षत्वमा ९ कार्य समिति निर्वाचित गरेको छ ।

उपाध्यक्षमा संजय विश्वकर्मा, सचिव सन्तोस गिरी, सहसचिवमा जेम्स लिम्बू , कोषाध्यक्षमा रमिला राई, सदस्यमा मनिस ब. मगर, दिल कुमारी राई, िशखर लाम्गादे, आयुसा आङथुपो रहेका चुलाचुली रंगमञ्चमा निर्वाचन संयोजक शरणहाङ जवेगुले वताएका छन् । मानार्थ सल्लाहकारहरूमा गणेश रसिक, बसन्त राई, शरण सुब्बा, प्रकाश आङदेम्वे र सल्लाहकारमा पदम खम्बु राई, मनाङ लावती, केशर भुजेल, रूद्र आङदेम्बे, मनकुमार योङहाङ, लोकनाथ पौड्याल लगायत रहेका छन् ।

इलामको दक्षिणी चुलाचुली गाउँपालिका स्थित रहेको नाट्य संस्था चुलाचुली रंगमञ्चको छैटौं बार्षिक साधारणसभा चुलाचुली गाउँपालिका उपाध्यक्ष निर्मला दाहालको प्रमुख अतिथित्व रहेको थियो । गाउँमा रंगमञ्च गर्दै आएको संस्थाले आर्थिक बर्ष २०७५÷०७६ को आय तर्फ २ लाख ८५ हजार ३ सय १० रूपैयाँ र व्यय तर्फ २ लाख, ८७ हजार, ८ सय ६५ रूपैयाँ रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा समाजसेवी राजेन्द्र केरूङ, शरणहाङ जवेगु, साहित्यकार विन्दु मुकदर्शक, तीनकुने पोखरी पर्यटन समितिका अध्यक्ष नगेन्द्र श्रेष्ठ लगायतले संस्थालाई शुभकामना मन्तव्य व्यक्ता गरेका थियो । कार्यक्रम संस्थाको संस्थापक अध्यक्ष चेतन आङथुपोको अध्यक्षत्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

%d bloggers like this: